सिरियामा हिंसाले ५० लाख सर्वसाधारण विस्थापित
भएका छन् । त्यसमध्ये २० लाख व्यक्ति त शरणार्थी नै बनेको शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायोगले जनाएको छ ।
उच्चायोगका अनुसार कुल जनसंख्याको एक तिहाई जनता सडकमा बस्न बाध्य बनाइएका छन् । उच्चायोगका प्रमुख एन्तोनियो गुतेरेसले सडकमा पुगेका सर्वसाधारणलाई सहयोग गर्ने वातावरण समेत नभएको भन्दै विश्व समुदायको ध्यानाकर्षण गराएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यता, सिरियाका लागि राष्ट्रसंघीय दूतले जारी हिंसा नरसंहारतर्फ उन्मुख हुँदा लाखौं जनता खानपानबाटै बन्चित बनेकोे बताएका छन् ।
उनले लाखौं बालबालिका अनाथ बनेको पनि उल्लेख गरेका जनाइएको छ ।
0 comments
Write Down Your Responses