पूर्वमन्त्री खपाङ्गीको उपचार भइरहेको र स्वास्थ्य अवस्था नाजुक

१८ भदौ, काठमाडौं । मोटरसाइकल दुर्घटनामा परी ३ महिनादेखि अचेत अवस्थामा सिंगापुरमा उपचार गराइरहनुभएका पूर्वमन्त्री गोरेबहादुर खपाङगीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । थापाथलीस्थित नभिर्क अस्पतालमा उपचार हुन नसकेपछि वहाँलाई गत २३ अगस्टमा सिङगापुरको एलिजावेथ अस्पताल भर्ना गरिएको थियो ।
सिंगापुरको एलिजाफेद अस्पतालमा उपचार गराइरहनुभएका खपाङगीको सिंगापुर अस्पतालमा मात्रै एक लाख २२ हजार सिंगापुर डलर -एक करोड एक लाख २६ हजार रुपैयाँ) खर्च भइसकेको छ । ९ दिनमै उपचारमा एक करोडभन्दा धेरै रकम खर्च भएपछि उनको थपचार गर्न समस्या भएको निकटस्थहरुले बताएका छन् । खपाङगीको उपचारमा न्यूरो सर्जन डाक्टर आइभन र डाक्टर ली संलग्न छन् । खपांगीका सहयोगी नन्दबहादुर घर्तीका अनुसार चिकित्सकले भिपी नन्सट नली फेर्नुपर्ने बताएका छन् ।
यसअघि खपाङगीको बाँसबारीस्थित न्यूरो अस्पतालमा भिपी नन्सट नली हालिएको थियो । न्यूरोले हालेको नली खराब भएकाले उहाँको अवस्था झन बिगि्रएको घर्तीले बताउनुभयो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.