नेपाली क्रिकेट एसोसिएसनसँग एकतर्फी सम्झौता भएको छ।

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले ट्वान्टी–२० र एकदिवसीय विश्वकप क्रिकेटलक्षित 'हाइपर्फमेन्स प्रोग्राम' अघि सारेको छ। क्यानको एक टोलीले भारत गएर विभिन्न प्रान्तका स्थानीय टोलीसँग मैत्रीपूर्ण शृंखलाका लागि सम्झौता गरिसकेको छ। टोली फर्केपछि क्यानले सोमबार कार्यक्रम सार्वजनिक गरेको हो।
क्यानले मैत्रीपूर्ण शृंखलाका लागि दिल्ली डिस्ट्रिक्ट क्रिकेट एसोसिएसनसँग दोहोरो सम्झौता गरेको क्यान अध्यक्ष टंक आङबुहाङले बताए। आङबुहाङसँगै सदस्य सञ्जिव पाण्डे र क्यानका पूर्वसल्लाहकार आमिर अख्तरको टोली भारतीय प्रान्तीय टोलीसँग सम्बन्ध बढाउन अघिल्लो साता भारत गएको थियो।
'हामीले औपचारिक हिसाबले भारतको प्रान्तसँग सम्बन्ध राख्न थिएनौं, अहिले यसको सुरुआत भएको छ,' अध्यक्ष आङबुहाङले भने, 'दिल्लीसँग हाम्रो दोहोरो सम्झौता भयो। मध्यप्रदेश क्रिकेट एसोसिएसनसँग एकतर्फी सम्झौता भएको छ। उनीहरूको व्यस्तताले दोहारो हुन सकेन। भोलिका दिनमा भारतीय क्रिकेट बोर्डसँग सीधै सम्बन्ध राख्न यसले सहयोग पुग्ने विश्वास लिएका छौं।' 
नेपाली टोलीले दिल्लीका अध्यक्ष अरुण जेट्ली र मध्यप्रदेशका अध्यक्ष ज्योतिराज सिंधियालाई भेटेको थियो। क्यानले भारतीय क्रिकेटका परिचित अनुहार अमृत माथुरलाई अन्तर्राष्ट्रिय परामर्शदाता र अख्तरलाई राष्ट्रिय परामर्शदातामा नियुक्त गरेको जनाएको छ। क्यानका अनुसार विश्वकप तयारीका लागि आङबुहाङको संयोजकत्वमा रहेको ७ सदस्यीय टोलीले छिमेकी राष्ट्रहरूमा खेल्ने कार्यक्रम तयार पार्नेछ। हाइ पर्फमेन्स टुरका लागि क्यानले सदस्य पूर्ण लामालाई म्यानेजर तोकेको छ।
दिल्लीसँग दोहोरो सम्झौताअनुसार नेपाली टोली अक्टोबर २० देखि नोभेम्बर पहिलो सातासम्म दिल्ली गएर ७ देखि १० अभ्यास खेल खेल्नेछ। अख्तरका अनुसार नेपालले दिल्ली क्रिकेट संघका शीर्ष टोलीहरूसँग अभ्यास खेल खेल्नेछ। दिल्लीको टोलीमा रणजी खेल्ने खेलाडीहरू पनि हुनेछन्। त्यसबाहेक नेपाली टोलीले दिल्लीमा गएर अभ्यास गर्ने र त्यहाँ आयोजना हुने प्रतियोगितासमेत खेल्नेछ। 
दिल्लीको भ्रमण नोभेम्बरमा युएईमा हुने विश्व ट्वान्टी–२० छनोटलक्षित गरी हुनेछ। न्युजिल्यान्डमा जनवरीमा हुने एकदिवसीय विश्वकप छनोटका लागि भारत, श्रीलंका र बंगलादेशमध्ये दुई देशमा गएर नेपाली टोलीले अभ्यास गर्ने क्यान सदस्य पाण्डेले बताए। 'विगतबाट हामीले धेरै सिकेका छौं, त्यसैले हामी यसपल्ट कम्तीमा एक साताअघि नेपाली टोलीलाई अस्ट्रेलिया वा न्युजिल्यान्ड पठाउने प्रयास गर्नेछौं,' उनले भने।
विश्वकप तयारी नै भनेर भिक्टोरियाका अस्ट्रेलियन प्रशिक्षक क्रिस ह्यारिसलाई नेपाल झिकाउने तयारी भइरहेको क्यान बताउँछ। त्यस्तै श्रीलंकाका चार तीब्र बलर एक महिनाका लागि नेपाल आउने छन्। सदस्य पाण्डेले हाइपर्फमेन्सका सबै कार्यक्रमलाई अनुमानित २ लाख ५० हजार डलर खर्च लाग्ने बताए। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले विश्वकप तयारीलाई दिएको १ लाख ७५ हजार डलरबाहेक अन्य रकम राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग मागिने उनले जानकारी दिए।
आइसिसीले 'तोकिएको समयमै आर्थिक प्रतिवेदन नबुझाएको' भनी क्यानलाई झन्डै १ करोड रुपैयाँ जरिवाना तिराएको प्रसंगमा क्यान अध्यक्ष आङबुहाङले दुई महिनापछि मात्र आइसिसीले आफ्नो इमेल खोलेकाले त्यस्तो त्रुटि हुन गएको र उनीहरूले गल्ती भएको जवाफ फर्काए पनि कारबाहीबारे थप नखुलाएको प्रस्ट््याए।
आङबुहाङले राखेपको स्वीकृतिपछि क्यानको नयाँ विधान आउने बताए। अघिल्लो महिना पोखरा साधारण सभामा आङबुहाङले ल्याएको संशोधित विधानले अध्यक्षमात्र बलियो हुने बताउँदै अस्वीकृत गरिदिएको थियो। उनले अध्यक्ष बलियो र महासचिव कमजोर बनाउन नभई समग्र क्रिकेट विकासका लागि परिवर्तित विधान ल्याउन लागिएको बताए।

1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses

Powered by Blogger.