आज एक हजार ८ जना बालिकालाई कुमारीको रुपमा पूजा गरियो

काठमाडौं, भाद्र २५ । काठमाडौंको मखनमा आज एक हजार ८ जना बालिकालाई कुमारीको रुपमा पूजा गरिएको छ । मंख ज्यापु गुठीले कुमारी माजु तीनसय वर्ष पुगेको अवसरमा कुमारी पुजाको आयोजना गरेको
हो । नेवार समूदायमा इही अर्थात बेलविवाह नगरेका बालिकाहरुलाई कुमारीको रुपमा पुजा गर्ने परम्परा छ ।
कुमारी पूजामा गुठीको तर्फबाट कुमारीहरुलाई समयबजी र फलफूल वितरण गरेपछि श्रद्धालु तथा भक्तजनहरुले आआफ्नो इच्छाअनुसार मिठाई, फलफूल, बिस्कुट, चक्लेट तथा पैसा दान गर्ने गर्छन । 
कुमारी पुजा गर्दा देशमा अनिष्ट नहुने, बालिकाहरु निरोगी हुने, जीवनमा बाधा अड्चन नआउने विश्वास गरिन्छ । महायानी बौद्ध परम्परामा कुमारीलाई व्रजदेवी, उग्रतारा, सरस्वती, वसुन्धरा, अजिमा र शक्ती देवीको रुपमा लिइन्छ ।

,

1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses

Powered by Blogger.