छोरी बलात्कार गर्ने पापी बाबु फक्राउ

शेषले आफ्नी १४ वर्षीय छोरीसँग विगत ४ महिनादेखि जवरजस्ती यौन सम्बन्ध राख्दै आएका थिए । पाँच दिन अगाडि चार वर्षीया अर्की छोरीसँग जवरजस्ती गर्न खोजेपछि उनको पोल खुलेको हो । अस्हय पीडा भएपछि कान्छी छोरीले बुआले गरेको व्यवहार आमालाई सुनाएपछि घट्ना सार्वजनिक भएको छ । त्यसपछि जेठी छोरीले पनि आफू बारम्बार बलात्कृत भएपछि ती दुई बालिकाकी आमा प्रहरीमा पुगेकी हुन् ।
'ज्यान लिने धम्की दिएर बलात्कार गरेको पाइएको छ,' अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले भने । बाबु अकबरले आफूले बलात्कार नगरको बताउदै आएको प्रहरीले जनाएको छ ।
शेष अबैध हतहतियार राखेको अभियोगमा तीन बर्ष सजाय भोगरे १३ महिना अघि जेल मुक्त भएका थिए । 'मलाइ जेल बस्न कुनै समस्या छैन । कसैलाई भनिस भने तलाई मारेर फेरि जेल जान्छु', भन्दै डर त्रास देखाएर बलात्कर गर्दै आएको पीडितहरुले बताए ।
शेष २ पत्नीका पति हुन । जेठी तिर ५ छोरी र एक छोरा छन । कान्छि पत्नी शेष जेलमा हुँदा छोरा सहित पोइला गएकी थिइन । जेलबाट छुटेपछि शेष जेठी पत्नी संग बस्दै आएका थिए । ५ छोरी मध्ये तीन छोरीको बिहे भइसकेको छ ।
1 comments
Write Down Your Responses
November 5, 2014 at 4:26 PM
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन