बलात्कार विरुद्धको राष्ट्रिय अभियान

काठमाडौँ, असोज ७। अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसर पारेर विभिन्न संघसंस्थाले हिजोदेखि बलात्कार विरुद्धको राष्ट्रिय अभियान सुरु गरेका छन्।
बलात्कार विरुद्ध जनचेतना फैलाएर बलात्कार नहुने वातावरण निर्माण गर्ने तथा बलात्कारबाट पीडित/प्रभावितको सामाजिक र कानुनी न्यायको अधिकार सुनिश्चित गर्ने आधार तयार पार्ने उद्देश्यले सुरु गरिएको यो अभियान मङ्सिर २५ सम्म जारी रहने छ।
महिला मानवअधिकार रक्षकहरूको राष्ट्रिय सञ्जाल(ओरेक), शान्तिका लागि साझा अभियान, अस्तित्व फाउन्डेसन, बाल विकास युवा सञ्जाल, सामाजिक सम्वादका लागि सहकार्य लगायतका करिब ३० वटा संघसंस्थाको अगुवाइमा सञ्चालन गरिएको यो अभियानले बलात्कारसम्बन्धी हालको कानुनमा (अध्यादेशबाट भए पनि) संशोधन गर्नुपर्ने र बलात्कारसम्बन्धी अनुसन्धान प्रक्रियालाई संवेदनशील र प्रभावकारी बनाउन नेपाल प्रहरीका लागि निर्देशिका निर्माण र कार्यान्वयन गर्नुपर्ने मागसमेत अघि सारेको छ।
अभियान अवधिभर सूचना सामग्री वितरण गर्ने, ७५ वटै जिल्ला प्रशासन कार्यालयमार्फत मन्त्रिपरिषद्का अध्यक्षलाई ध्यानाकर्षणपत्र बुझाउने र बलात्कारको सवालमा अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको छ।
उद्घाटनको क्रममा रत्नपार्कस्थित शान्ति बाटिकाबाट निकालिएको र्‍याली भोटाहिटी, असन, इन्द्रचोक, बसन्तपुर, न्युरोड, वीर अस्पताल हुँदै पुनः शान्ति बाटिकामा पुगेर कोणसभामा परिणत भएको थियो।
सभालाई समबोधन गर्दै अभियानकी संयोजक डा. रेणु राजभण्डारीले पीडितलाई छिटो र प्रभावकारी रूपमा न्याय दिन द्रुत न्याय प्रणाली (फास्ट ट्र्याक कोर्ट) को गठन तथा अदालतले गरेको निरन्तर सुनुवाइको प्रक्रिया अवलम्बन गरी बलात्कार प्रभावितका लागि अविलम्ब प्रभावकारी फैसला गर्नुपर्ने बताउनुभयो।
मानवअधिकारकर्मी कृष्ण पहाडीले महिलामाथि बलात्कार हुने समाज सभ्य हुन नसक्ने भन्दै बलात्कारीलाई कडा सजाय दिनुपर्ने तर मृत्युदण्ड दिन नहुने बताउनुभयो।
ओरेक नेपालको तथ्याङ्कअनुसार २०७० वैशाखदेखि असारसम्म १४९ जना महिलाहरू बलात्कृत भएका छन भने १४ जनामाथि बलात्कारको प्रयास भएको छ।

,

1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses

Powered by Blogger.