अमेरिकन डलर एकै दिन तीन रुपैयाँ बढ्यो

काठमाडौं– अमेरिकी डलरको मूल्य मंगलबार करिब तीन रुपैयाँले बढेको छ। एक अमेरिकी डलरको मूल्य २.९७ रुपैयाँले बढेर १०९ रुपैयाँ ३ पैसा पुगेको छ। गत बिहीबार १०८ रुपैयाँ ९० पैसा पुगेको डलरको मूल्य त्यसपछि क्रमशः घटेको थियो। मंगलबार भने ह्वात्तै बढेको छ।
डलरसँग भारतीय मुद्रा कमजोर भएपछि नेपाली मुद्राको मूल्य घटेको हो। विभिन्न प्रक्षेपणअनुसार डलरको मूल्य ११० रुपैयाँसम्म उक्लने छ। भारतीय रुपैयाँसँग नेपाली मुद्राको स्थिर विनिमय दर (एक सय भारतीय बराबर १ सय ६० नेपाली रुपैयाँ) भएको र भारतीय मुद्रा निरन्तर कमजोर हुँदा नेपाली रुपैयाँ सस्तो भएको हो। डलरको मूल्य बढ्दा नेपाली अर्थतन्त्रलाई भने ठूलो असर गर्छ। मूल्य बढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आय भने बढ्छ। आयातमा निर्भर अर्थतन्त्र भएका कारण डलरको मूल्य वृद्धिले नेपाली बजार प्रभावित हुन्छ। डलर तिरेर विदेशबाट आउने सामानको लागि बढी मूल्य तिर्नुपर्छ

0 comments

Write Down Your Responses

Powered by Blogger.