अफगानिस्तानले श्रीलंकालाई ३ -१ले हरायो

हलचोकस्थित शसस्त्र प्रहरीको खेल मैदानमा भएको खेलमा अग्रता भने श्रीलंकाले लिएको थियो । खेलको ३६ औ मिनेटमा श्रीलंकाले अग्रता लिएको थियो । पहिलो हाफमा १(० गोलले पछि परेको अफगानिस्तान अन्तत दोस्रो हाफमा सुधारीएको प्रदर्शन गर्दै तीन गोल गर्न सफल भएको हो । खेलको ६२ औ मिनेटमा बराबरी गोल गरेको अफगानिस्तानले ७६औ मिनेटमा दोस्रो तथा त्यसको १० मिनेटमा तेस्रो गोल थप्दै स्पस्ट जित हात पारेको हो ।
फिफा बरियतामा दक्षिण एसियामै शीर्ष स्थानमा रहेको र उपाधिको प्रमुख दाबेदार अफगानिस्तान २ खेलमा ६ अंक सहित समूहको शीर्ष स्थानमा उक्लिएको छ । भने श्रीलंका प्रतियोगिताबाट बाहिरीएको छ ।
तुलनात्मक रूपमा सहज समूहमा परेको अफगानिस्तानले यसअघि प्रतियोगिताकै सबैभन्दा कमजोर मानिएको भुटानलाई ३–० गोल अन्तरमा हराएको थियो। भने श्रीलंका माल्दिभ्ससँग १०–०को लज्जास्पद हार बेहोरेको थियो ।
अफगानिस्तानविरुद्ध श्रीलंकाको इतिहास हेर्ने हो भने अहिलेसम्म भएका यी दुई देशबीच भएका ६ मध्ये ४ खेल अफगानिस्तान र एक खेल श्रीलंकाले जितेका छन् भने एक खेल बराबरीमा टुंगिएको छ। द्धन्द्धग्रस्त अफगानिस्तानले फुटबलमा पछिल्ला केही वर्षदेखि लगातार प्रगति गरिरहँदा श्रीलंका दिन प्रतिदिन कमजोर भइरहेको छ।
यस्तै आजै साँझ दशरथ रंगशालामा हुने सोही समूहको अर्को खेलमा माल्दिभ्सले कमजोर टोली भुटानको सामना गर्दैछ।
0 comments
Write Down Your Responses