२६ वर्षीया दीपा भट्टराईले तीन छोरा र एक छोरी जन्माएकी छन्

मोरङ– झापाकी एक महिलाले चम्ल्याहा शिशु जन्माएकी छन्। विराटननगरस्थित नोबेल मेडिकल कलेजमा बिहीबार झापा धुलाबारीकी २६ वर्षीया दीपा भट्टराईले तीन छोरा र एक छोरी जन्माएकी हुन्।
शल्यक्रिया झिकिएका चारै शिशुको स्वास्थ्यस्थिति राम्रो रहेको चिकित्सकले बताएका छन्।  २८ हप्तामै जन्मिएका शिशुमध्ये दुई छोरा एक किलो दुई सय ग्राम, अर्का छोरा एक किलो र छोरी आठ सय ग्रामको रहेको चिकित्सकले बताए। तीन शिशुमा बिहीबार साँझसम्म कुनै समस्या नभए पनि छोरीमा श्वासप्रश्वास समस्या देखिएको बालरोग विशेषज्ञ अरुण गिरीले बताए। 
स्वास्थ्य समस्या नदेखिए पनि तौल कम भएकाले चारै शिशुलाई एनआइसियुमा राखिने गिरीले बताए। 'शिशु जन्मिँदाको तौल दुई किलो पाँच सय ग्रामसम्मको हुनुपर्छ तर यी सबै शिशुको तौल कम छ,' उनले भने।  शिशुमा अहिले समस्या नभए पनि ४८ घन्टापछि समस्या देखिनसक्ने उनले बताए। 
चार शिशु जन्माउँदा बढी रक्तश्राव हुने भए पनि आमाको स्वास्थ्य राम्रो रहेको डा. शान्ति सुवेदीले बताइन्। दीपाको पहिलो गर्भ दुई महिनामै खेर गएको थियो।

0 comments

Write Down Your Responses

Powered by Blogger.