प्रधानसेनापति जबरा बेलायत जाँदै

काठमाडौं, भाद्र २० । प्रधानसेनापति गौरव शम्शेर जबरा बेलायती सेनाध्यक्ष सर पिटर वालको निमन्त्रणमा साताव्यापी भ्रमणका लागि भोलि बेलायत जाँदै छन् । भ्रमणबारे जानकारी दिन आज सैनिक मूख्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सैनिक प्रवक्ता जगदीशचन्द्र पोखरेलले भ्रमणबाट नेपाल र
बेलायतबीचको सम्बन्धलाई अझ सुदृढ तुल्याउने दाबी गरे ।
 प्रधानसेनापति राणा नेतृत्वको तीन सदस्यीय प्रतिनिधि मण्डलले बेलायती सेनाध्यक्ष वाल, त्यहाँको प्रतिरक्षा सेवाका प्रमुख निकोलस हक्टन, विदेश तथा राष्ट्रमण्डल कार्यालयका मन्त्री ह्युगो स्वाय र बेलायतको अन्तर्राष्ट्रिय विकास विभागका प्रमुख कृष मर्गट्रोइड लगायतसँग बेग्ला–बेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.