बलात्कार अभियोगमा सजाय भोगिरहेका कैदीद्धारा जेलमै आत्महत्या

सन् २००४ मा अपहरण गरी आफ्नै घरमा बन्धक बनाएका तीन महिलालाई एक दशकदेखि बलात्कार गर्दै आएको अभियोगमा पक्राउ परेका क्यास्ट्रोलाई गत वर्षको अगष्ट महिनामा त्यहाँको अदालतले एक हजार वर्ष कैदको सजाय सुनाएको थियो ।
उनले अमेरिकाको ओहायो राज्यबाट सन् २००४ को जनवरीमा १४ वर्षकी अमाण्डा बेरी, १६ वर्षकी जिना डिजीसस र २० वर्षकी मिचेल नाईटलाई अपहरण गरी अमेरिकाकै क्लेभल्याण्ड शहरको एक घरमा बन्धक बनाएर शारीरिक र मानसिक शोषण गर्दै आएका थिए ।
वर्षौदेखि सम्पर्कविहीन बनेका महिलामध्ये एक जनाले छिमेकीसँग गुहार मागेपछि घटना सार्वजनिक भएको थियो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले क्यास्ट्रोका तीन दाजुभाइलाई पक्राउ गरेपनि एरिएल क्यास्ट्रो मात्रै दोषी प्रमाणित भएका थिए ।
0 comments
Write Down Your Responses