नेकपा एमाले पार्टीमा त्रासै त्रास

गत संविधानसभा निर्वाचनमा दुई स्थानबाट पराजित भएका एमाले नेता माधवकुमार नेपालको नाम यसपटक भने रौतहट क्षेत्र नम्बर एक र काठमाडौं दुईबाट सर्बसम्मतले सिफारिस भएको छ। उनले आफुलाई पपुलर लिडरको रुपमा चर्चा पाउन दुबै क्षेत्रबाट निर्बिरोधको लागि सिफारिस गर्न आग्रह गरेका थिए। रौतहटको ६ नम्बर क्षेत्रबाट उम्मेदवार भएर पराजित नेपालले यसपटक भने रौतहटकै एक रोजेका हुन। अर्का बरिष्ठ नेता केपी शर्मा ओली भने पुरानै क्षेत्र झापा सातबाट उम्मेदवार हुने भएका छन्। ओलीलाई झापा दुइबाट पनि उम्मेदवार बन्न आग्रह गरिएको थियो। बर्दिया एकबाट उम्मेदवार बन्दै आएका उपाध्यक्ष बामदेव गौतमले भने यसपटक बर्दिया र प्युठान एक गरी दुईवटा निर्वाचन क्षेत्रबाट निर्वाचन लड्ने भएका छन्। एमाले उपाध्यक्ष बिद्या भण्डारी पुन काठमाडौं चारबाट उठ्ने पक्का छ भने इश्वर पोखरेललाई पुन काठमाडौं पाँचबाट उम्मेदवार बनाउन जिल्लाले सिफारिस गरिसकेको छ। तर पार्टी पंक्तीबाटै उपाध्यक्ष भण्डारी र महासचिव पोख्रेललाई काठमाडौंको चार र पाँच क्षेत्रबाट उम्मेदवार बनाउन नहुने सिफारिस, दबाब र आग्रह आउन थालेको बल्खु स्रोतले जनायो। विद्यालाई क्षेत्र परिबर्तन गराउने र इश्वरलाई निर्वाचन परिचालनको कमाण्डर बनाउने दबाब बढेको छ। एमाले बरिष्ठ नेताहरू भरतमोहन अधिकारी, अमृत बोहोरा, सिद्धिलाल महर्जन र प्रदीप नेपालका निर्वाचन क्षेत्रहरू मोरङ दुइ, सिन्धुपाल्चोक एक , ललितपुर तीन, काठमाडौं तीनमा संगठन कमजोर रहेको र निर्वाचनमा पराजित हुने भन्दै समानुापातिकमा बस्न पार्टीका जिल्ला कमिटिले सिफारिस गरेपछि ति नेताहरू प्रत्यक्षमा निर्वाचन नलड्ने भएका छन्। सचिव युवराज ज्ञवलीको लागि पनि दाङ र वाँके जस्ता जिल्ला सुरक्षीत नभएको भन्दै उनलाई प्रत्यक्षमा उम्मेदवार नबन्न सुझाव आएको बुझिएको छ।
0 comments
Write Down Your Responses