अवैध कामदार हटाउने क्रममा ५ सयभन्दा धेरै नेपाली पक्राउ, नेपाली दूताबासलाई मतलब नै छैन

काठमाडौं– गैर कानुनीरुपमा विदेशी कामदारहरुलाई फिर्ता पठाउनका लागि सुरु गरेको पक्राउ अभियानमा आजसम्म पाँच सयभन्दा बढी नेपाली पक्राउ परेका छन्। मलेसियाले एकहप्ता अघि सूचना दिएर
आइतबारदेखि पक्राउन गर्न थालेको हो ।
अध्यागमनका कर्मचारीसहित प्रहरीहरुले विभिन्न क्षेत्रमा छापा मारेर ३ हजारभन्दा बढी पक्राउ गरेको मलेसियाली संचारमाध्यमहरुले जनाएका छन् ।
गएको वर्ष आममाफी दिँदा पनि स्वदेश नफर्कनेहरूलाई लक्षित गरी मलेसिया सरकारले यो अभियान थालेको हो । यसबाट करिब ७ लाख नेपाली कामदार रहेको मलेसियामा ६५ हजारभन्दा बढी प्रभावित हुनेछन् । पक्राउ पर्नेमा नेपाली कामदारसहित बंगाली, पाकिस्तानी, इन्डोनेसियाली, म्यानमारी र भियतनामी छन् ।
नेपाली दूतावास भने हालसम्म कुनै सूचना नपाएको जस्तो गरेर बसिरहेको छ । दूतावासमा जानकारी माग्दा धरपकडमा ठूलो संख्यामा विदेशी कामदार पक्राउ परे पनि नेपालीको संख्या थाहा नभएको एक कर्मचारीले बताए ।
मलेसियामा बस्ने नेपालीहरुले दूतावासले बेवास्ता गरेको आरोप लगाएका छन् । पक्राउ गरी राखिएको सेन्टरमा अरू देशका कामदारलाई भेट्न दूतावासका कर्मचारी पुगेका छन्, नेपाली दूतावासबाट भने कोही गएको छैन ।
मलेसियमा रहेका नेपाली कामदार पक्राउ पर्ने क्रम बढिरहँदा पनि दूतावास मौन रहनुले आफू अचम्मित भएको नेपाल मलेसिया वैदेशिक रोजगार समन्वय समितिका संयोजक हरि भट्टराईले बताए ।
पेनाङ बस्ने म्याग्दी खबराका महेन्द्र थापाका अनुसार ठूलो संख्यामा आएका प्रहरी र अध्यागमन कर्मचारीले घरको छतदेखि बाथरुमसम्म जाँच्ने गरेको जानकारी दिए । ‘धेरै कामदार डरले घरैबाट निक्लेका छैनन्,’ उनले भने ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.