स्कटल्यान्डमा तीज बिशेष कार्यक्रम

कार्यक्रममा चर्चित लोक गायिका सुनिता दुलाल र स्कटल्यान्डका लागि नेपाली कन्सल जनरल श्रीमती
सुनिता पोद्दारलाई जेष्ठ नागरिक श्रीमती सोमा घिमिरेले दोसल्ला ओडाएर सम्मान गर्नु भएको थियो।
कार्यक्रममा मन्तब्य ब्यक्त गर्नु हुँदै स्कटल्यान्डकालागि नेपालका अबैतनिक दूत श्रीमती सुनिता पोद्दारले स्कटल्यान्डको नेपाली समुदायको सेवाको लागि आफूले सक्दो सहयोग गर्ने बताउनु भयो। उहाँले नेपाली समुदायमा कुनै समस्या भए आफुलाई संपर्क गर्न समेत अनुरोध गर्नु भयो। कार्यक्रममा स्थानिय कलाकारहरूले आकर्षक तीज नृत्य प्रस्तुत गरेका थिए भने गायिका सुनिता दुलालले करिब दुई घण्टा सम्म सहभगीहरुलाई लोक गीत र तीज गीतमा नचाएका थिए। आयोजक संस्था ओएनसिडब्लुका अध्यक्ष दीपेश रेग्मीले बिदेशमा बसेता पनि नेपालका कलाकारहरूसँग आफ्नो संस्कृतिमा रमाउन संस्थाले यस्ता कार्यक्रमहरू आयोजना गरिरहने जानकारी दिनु भयो।
0 comments
Write Down Your Responses