अञ्जु पन्त क्रिश्चियन भएपछि…

तर, निकै शालीन, भद्र र सभ्य गायिका भनेर चिनिने अञ्जुलाई आजभोलि कुन्नी के भएछ, अलि आवेगमा आउन थालेकी छिन्। धार्मिक गीत भनेपछि पारिश्रमिक पनि घटाएर गीत गाउन तयार हुने अञ्जु अहिले धार्मिक गीतको त कुरै नगरौँ, आधुनिक गीतमा पनि कुनै भगवान्को नाम रहेछ भने ‘यो गीत गाउन्न’ भनेर गीत नै नगाएर छोड्न थालेकी छिन्। स्टुडियो बुक गरेर सङ्गीतकार वा म्युजिसियन तयार भएर बस्दाको अवस्थामा अञ्जु स्टुडियोमा छिर्छिन् अनि शब्द हेर्दा भगवान्को नाम रहेछ भने ‘यो गीत गाउँदिनँ’ भन्न थालेकी छिन्। यो साता मात्र उनले थुपै्र सङ्गीतकार, गीतकार अनि स्टुडियोलाई अलपत्र पारिन्।
कुनै समय पूर्ण रूपमा भगवान्प्रति आशा, भरोसा र विश्वास गर्ने अञ्जु हरेक दिन बिहान पशुपति पनि जान्थिन्। तर, अहिले यिनै अञ्जु आफ्ना पूर्वपति र पशुपति दुवैको नाम लिन चाहन्नन्। किन त? यसो बुझ्दा गाँठी कुरो त अर्कै पो रहेछ। उनी पनि कुन्ने के लोभ, प्रलोभन वा आश्वासनमा लागेर हो क्रिश्चियन पो भइसकेकी रहिछिन्। अनि क्रिश्चियनले कसरी हिन्दू भगवान्को नाम लिएर गीत गाउँछन् त? कुरो त यो पो रहेछ, पछि पो थाहा पाइयो।
क्रिश्चियन भएपछि मन्दिर नजानु अनि हिन्दू धर्मावलम्बीहरूको भगवान्लाई नमान्नु अर्कै कुरा हो, तर आफ्नै पेसामा लात्ती हान्ने काम गर्नुपर्छ र भन्या अञ्जुजी? कर्मशील र मिहिनेत अनि मिहेनतीलाई त जुन धर्मले पनि स्यावासी र क्याबात भन्छन् होइन र? धर्मले पनि यो काम गर्नुहुन्न, योसँग बोल्नुहुन्न, यसले छोएको खानुहुन्न भन्छ र? यो कुराचाहिँ अलि पचेन कि?
0 comments
Write Down Your Responses