तीनहप्तादेखि फैलिएको झाडा पखाला नियन्त्रणमा

मुगु, २० भदौ । तीन साता अघिदेखि मुगु जिल्लाको एक गाउँमा फैलिएको झाडा पखाला नियन्त्रणमा आएको छ । झाडा पखालाबाट तीन जना बालकको मृत्यु भएको थियो भने ७० जनाभन्दा बढी बालबालिका प्रभावित भएका थिए । गत भदौ १० गते पुलु गाविस–७, ८ र ९ मा झाडा पखालाबाट तीन बालकको मृत्यु भएको समाचार बाहिर आएपछि ११ गते जिल्ला स्वास्थ्य कार्यालयले औषधिसहितको टोली प्रभावित क्षेत्रमा
पठाएको थियो ।
रोगबाट पाँच वर्षमुनिका बालबालिका बढी प्रभावित भएका थिए । टोलीमा संलग्न अहेब जितबहादुर मल्लका अनुसार गलेको मासु र बासी खाना खाँदा र सरसफाइमा ध्यान नदिँदा रोग फैलिएको थियो
घटनास्थल जिल्ला सदरमुकाम गमगढीबाट एक दिन पूर्व करान भेगमा पर्दछ ।
0 comments
Write Down Your Responses