रंगशालामा फुटबल हेर्न नेतादेखि कलाकारसम्मको भीड

टिकट ब्ल्याकमा बेच्ने स्वयंसेवक पक्राउ:
काठमाडौं, भाद्र २० । नेपाल र भारतबीचको खेल हेर्न बिहीबार रंगशालामा नेतादेखि कलाकारसम्म पुगेका थिए । नेपाली दर्शकले अत्यन्तै उत्साहका साथ लिएको यो खेल हेर्न सर्वसाधारण दर्शकको त ओइरो नै लागेकोथियो । त्यसमाथि नेतादेखि कलाकारसम्म पनि रंगशालामै उपस्थित पुग्नुले नेपालमा फुटबलप्रतिको आकर्षण राम्रैसँग झल्काएको थियो । 
शक्ति सन्तुलनमा माहिर मानिने एन्फा अध्यक्ष गणेश थापाको निम्तो स्वीकार्दै कांग्रेस महामन्त्री प्रकाशमान सिंह, एमाले नेता केपी ओली, राप्रपा नेपालका अध्यक्ष कमल थापा, एकीकृत माओवादीका नेता जनार्दन शर्मा लगायतका नेताहरु रंगशालमा पुगेका थिए । 
भारत विरुद्धको खेल हेर्न दशरथ रंगशालामा नेपाली दर्शकको सागरै उर्लिएपछि एन्फालाई व्यवस्थापन गर्नै हम्मे–हम्मे परेको थियो । अपरान्ह साढें तीन बजे सुरु हुने खेलको सवै टिकट विहान ११ वजे नै सकिएको थियो । 
टिकट किन्न लाइनमा बसेका हजारौं निराश बन्दै फर्केकका थिए । तर, दर्शकको उत्साहमा कालो बजारी गर्ने
समूह पनि त्यही रहेको समेत पाइयो । प्रवेश टिकट ब्ल्याकमा बेचिएको गुनासो ब्यापक सुनिएको थियो ।
सुरक्षाको जिम्मेवारी लिएका स्वयंसेवकहरुबाटै टिकट ब्ल्याकमा बेचेको आरोपमा केही ब्यक्तिहरुलाई पक्राउ गरिएको बुझिएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.