पैसा नदीएको झोकमा एक झोकी छोराले बञ्चरो प्रहार गरी आमाको हत्या

दिनभर तीजको ब्रत बसेर साँझ पूजा लगाउने तयारीमा रहेकी ४६ वर्षीया आमा सुन्तली बुढाथोकीसँग पैसा माग्दा नदिएको निहुँमा छोराले उनीमाथि बन्चरो प्रहार गरेको प्रहरी निरीक्षक राजेन्द्र थापाले जानकारी दिनुभयो । उहाँका अनुसार आमाको हत्यापछि भोला आमाका सबै गरगहना लिएर बेपत्ता भएका छन् ।
स्थानीय राजेन्द्र पौडेलका अनुसार भोला घरमा कमैमात्र बस्ने केही दिन अगाडिदेखि बाबुको मोबाइल फोनको विषयलाई लिएर आमासँग झगडा गर्दै आएका थिए । प्रहरीले हत्यामा प्रयोग भएको एक थान बन्चरो बरामद गरेको छ । मृतकको शव आज परीक्षण गरिएको छ ।
1 comments
Write Down Your Responses
November 5, 2014 at 4:21 PM
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन