अब भिसा शुल्क बढ्ने

अमेरिकी र युरोपेली मुलुकका नेपालस्थित दूतावासको आम्दानीको मुख्य स्रोत उनीहरुले लिने भिसा शुल्क बनेको छ । ती मुलुकले एक सय ६० अमेरिकी डलर (१७ हजारभन्दा बढी रुपैयाँ) देखि चारसय ५० अमेरिकी डलर (४८ हजारभन्दा बढी रुपैयाँ) सम्म भिसाशुल्क लिने गरेका छन् । त्यसको तुलनामा विदेशमा रहेका नेपाली दूतावासले लिने भिसाशुल्क निकै सस्तो रहेकाले पुनरावलोकन गर्न सरोकार निकायबीच छलफल भइरहेको आजको अन्नपूर्णमा खबर छ ।
अध्यागमन विभागले नेपाल प्रवेश गर्ने पर्यटकका लागि १५ दिनको २५ अमेरिकी डलर (दुई हजार सात सय), ९० दिनको लागि एकसय अमेरिकी डलर (१० हजार आठसय) सम्म भिसाशुल्क लिने गरेको छ । तर अमेरिका जाने नेपालीले सबैभन्दा छोटो भ्रमणका लागि एक सय ६० अमेरिकी डलर र बेलायत जानेले एक सय २० स्टर्लिङ पाउन्ड (१६ हजार दुई सय रुपैयाँ) भिसा शुल्क तिर्नुपर्छ ।
यसरी विदेशमा जानका लागि भिसाशुल्क बढी तिर्नु पर्ने भएकाले नेपालले पनि बढाउन लागेको हो । त्यसका लागि मित्रराष्ट्रहरुसँग कुटनीतिक पहल भइरहेको परराष्ट्रका प्रवक्ता दीपक धितालले बताए।' विदेशीसँग लिने शुल्क न्यून भएकाले बढाउनुपर्ने बेला आएको छ,' उनले भने।
0 comments
Write Down Your Responses