अस्थायीको भर पर्दा तेस्रो, स्थायी गरेपछि चौथो सन्तान
.jpg)
तौलिहवा नगरपालिका ४ की बसन्तकुमारीले दोस्रो सन्तान जन्मिएपछि अस्थायी साधन प्रयोग गर्न थालेकी
थिइन् । पुरुषले प्रयोग गर्ने अस्थायी साधन कन्डमभन्दा महिलाको पाठेघरमा राखिने ‘लुप’ भरपर्दो हुन्छ भन्ने सल्लाह पाएपछि उनले त्यसै गरेकी थिइन् ।
तर उनी लुप लगाएकै अवस्थामा गर्भवती भइन् र तेस्रो सन्तान जन्माएको आजको अन्नपूर्णमा खबर छ ।
यसबारे स्वास्थ्यकर्मीसँग जिग्यासा राख्दा उनले अस्थायी साधनको सतप्रतिशत भर हुँदैन जवाफ पाइन् । त्यसैले उनी स्थायी बन्ध्याकरणको खोजीमा लागिन् । कपिलबस्तु जिल्ला अस्पतालकै डाक्टरको सल्लाहअनुसार तेस्रो सन्तान जन्मेको दुई वर्षपछि स्थायी बन्ध्याकरण गरिन् । त्यसपछि सिंह दम्पती ढुक्क भए ।
पुरुषको स्थायी बन्ध्याकरण फेल भएका घटना सुनिरहेकाले बसन्तकुमारीकै स्थायी बन्ध्याकरण गर्ने निश्कर्षमा उनीहरु पुगे । तर स्थायी बन्ध्याकरण गरेको आठ वर्षपछि बसन्तकुमारी फेरि गर्भवती भइन् । स्थायी बन्ध्याकरण गर्दा पनि गर्भ बसेपछि भने सिंह दम्पती छक्क परे ।
0 comments
Write Down Your Responses