८२औं मिनेटमा रहमान मेसुको गोलबाट खेलमा अग्रता लियो । ८ मिनेटमात्र बाँकी हुँदा गोल गरेपछि


फुटबलमा हरेक थोक सम्भव छ भन्ने आजको नतिजाले प्रमाणित गरेको छ । समूहमा पहिलो खेल जितेर दाबेदारमा रहेका भारत र नेपाल दुवैले बराबरीका लागि इन्जुरी टाइममा सफलता पाए । यसले फुटबलको अनिश्चितता प्रदर्शन गरेको छ ।
पहिलो खेल हारिसकेकाले बंगलादेशले हल्चोकमा खुलेर खेल्यो । आज हारेको भए बंगलादेश समूह चरणबाटै बाहिरिन्थ्यो । त्यसैले खुलेर खेल्दा उनीहरूले भारतलाई धेरै दबाबमा राख्यो । बंगलादेश हरेक पक्षमा सफल थियो । तर, उनीहरू गोल गर्न मात्र सफल भइरहेका थिएनन् ।
खेल पूरा नियन्त्रणमा राखिरहेको बंगलादेशले ८२औं मिनेटमा रहमान मेसुको गोलबाट खेलमा अग्रता लियो ।
८ मिनेटमात्र बाँकी हुँदा गोल गरेपछि बंगलादेशले खेल जितिसकेको ठानेर रक्षात्मक रणनीति अंगाल्यो । फुटबलमा अन्तिम सिठी नबजेसम्म अग्रता लिइरहेको टोली सम्हालिएर पूरा इफोर्ट लगाएर खेल्नुपर्छ भन्ने सामान्य कुरा बंगलादेशले बिर्सियो ।
भारत सहजै हार मान्ने पक्षमा थिएन । उनीहरूले बेलाबखत खेल मिलाउने प्रयास गरिरहेका थिए । त्यही अवस्थामा अन्तिम मिनेटमा बंगलादेशी प्रशिक्षक खराब व्यवहारका कारण सेन्ट अफ सामना गर्दै निकालिए । फुटबलमा प्रशिक्षकको ठूलो भूमिका हुन्छ । बंगलादेशले त्यही पीडा बेहोर्नुप¥यो । सही रणनीति अपनाउन नसकिरहेको विपक्षीविरुद्ध भारतले अन्तिम २÷३ मिनेट भए पनि दबाब दिनुपर्छ भनेझैं खेल्यो । त्यही बेला भारतले पेनाल्टी बक्स बाहिर एउटा फ्रि–किक पायो । कप्तान सुनील क्षेत्रीले प्रहार गरेको बल सोझै गोलमा परिणत भएपछि २० सेकेन्ड बाँकी रहेको बेला भारतले महŒवपूर्ण १ अंक जोड्यो । खेलमा पछि परेर पनि सम्हालिएर खेल्नुको परिणाम थियो त्यो ।
यता, दशरथ रंगशालामा नेपालको पनि त्यस्तै नतिजा रह्यो । पराजयको नतिजाले सेमिफाइनल पुग्ने सम्भावना समाप्त हुने अवस्थामा रहेको पाकिस्तानले आफ्नो तर्फबाट सबै प्रयास गरेको थियो । तर, इन्जुरी टाइममा युवा खेलाडी विमल घर्तीमगरले गोल गरेर नेपाललाई महŒवपूर्ण अंक दिलाए । त्यसैबाट नेपाल समूहको शीर्ष स्थानमा यथावत रह्यो । तथापि खेलमा मिडफिल्ड र फरवार्डबीच ग्याप देखियो । मिडफिल्ड पोजिसनमा थिएन । जसले गर्दा गोल हुने मौकामा पनि निराश हुनुप¥यो । रिबाउन्डमा पाएका अवसर पनि खेर गए ।
रक्षापंक्तिमा तालमेलको समस्या देखियो । रविन श्रेष्ठ आजका म्यान अफ द म्याच थिए । उनले पाकिस्तानका सबैभन्दा खतरनाक विङ्गर मोहम्मद अदिललाई चल्न दिएनन् । निराश भएर दोस्रो हाफमा अदिलले आफ्नो साइड चेन्ज गर्नुपरेको थियो । रविन मैदानको हरेक क्षेत्रमा हाबी देखिए । ओभरल्यापमा गएर मात्र उनले धेरै मौका जुटाए । विराज महर्जनले पनि राइट ब्याकमा न्याय गरे । सेन्टर डिफेन्समा कप्तान सागर थापा र सन्दिप राईले पाकिस्तानका शारीरिक रूपमा बलिया र फूर्तिला फरवार्डहरूलाई रोक्न सफल भए पनि केही समस्या देखियो । गोलकिपर र सेन्टर डिफेन्सबीचमा राम्रो तालमेल नहुँदा एकपटक नेपालले झन्डै गोल खाएको थियो ।
खासमा आज नेपाल सुरुमा अभागी सावित भयो । पाकिस्तानले राम्रो गोल गरे पनि त्यो नेपालको लागि दूर्भाग्यजनक थियो । पाकिस्तानले दुई÷तीन पटक नेपालको पोस्टमा आक्रमण गर्दा एउटामा सफल भयो । अन्त्यमा नेपाल पनि भाग्यशाली गोलका कारण अंक जोड्न सफल भएको हो ।

४–४–२ को रणनीतिमा खेले पनि नेपालको पहिलो रोजाइमा दुई मात्र प्रोपर मिडफिल्डर थिए । रक्षापंक्तिका रोहित चन्द र स्ट्राइकर भरत खवासलाई मिडफिल्डको जिम्मा दिएर सधैं हुँदैन । मिडफिल्डकै क्यारेक्टर भएका खेलाडी भए फाइदा पुग्छ । अन्तिम समयमा १२ मिनेट बाँकी रहँदा जगजित श्रेष्ठलाई छिराएपछि मिडफिल्ड सुधारियो र विमलले आफ्नो पोजिसनबाट खेल्न पाए । विमलले अन्तिम समयमा गोल गरेर आफूलाई प्रमाणित गरे पनि उनलाई यस्तो दबाबमूलक खेलमा नछिराएको भए राम्रो हुन्थ्यो । आज गोल गर्न नसकेको भए विमल फ्लप हुन्थे । गोल खाएपछि जित्नैपर्ने दबाब रहेको खेलमा युवा खेलाडीलाई धेरै दबाब हुन्छ । जगजित छिर्नु अघिसम्म दबाबका कारण विमलले आफ्नो पोजिसन हेक्का गर्न समेत सकेका थिएनन् । अफसाइड होला भनेर हरेक मुभमा उनी बलभन्दा सहायक रेफ्रीतिर हेरिरहेका थिए । सेन्ट्रल फरवार्ड खेलेको मान्छे एकपटक रविनको ठाउँ लेफ्ट ब्याकमा पुगेका थिए ।
नेपाली प्रशिक्षकले बंगलादेशविरुद्धको पहिलो खेलमा प्रकाश बुढाथोकीलाई जगजितको सट्टा लेफ्ट विंग्समा ल्याए । घरेलु मैदानमा २० हजार दर्शकबीच खेल्दा उनी नर्भस भएर खास खेल्न सकेनन् । आज अनिल गुरुङलाई निकालेर टंक बस्नेतलाई छिराए । आज टंकको पनि त्यही हालत भयो । टंकले पनि पछि परिरहेको खेलमा दबाबका कारण खेल्न सकेनन् । यस्तो दबाबका बेला जुनियरलाई थप दबाब दिनुहुँदैन । अनुभवी रोज्नुपथ्र्यो । पहिलो खेलमा असफल भए पनि टंकको ठाउँमा आज प्रकाशलाई मौका दिएको भए ऊ सफल हुने सम्भावना रहन्थ्यो ।
नेपालले तमाम कमजोरीका बाबजुद खेल नियन्त्रणमा राखेको थियो । बल पोजेसनमा धेरै माथि थियो । तर, नेपालका सबैजसो प्रहार पाकिस्तानका गोलकिपर युसुफ इजाज बटले विफल पारे । उनलाई सेन्ट्रल रक्षक जेशान रहमानको साथ रह्यो । रहमान रक्षापंक्तिमा यति हाबी भए कि नेपाली फरवार्डले डेन्जर जोनमा खेल्नै सकेनन् । मिडफिल्डर सद्दाम हुसेन र गोल गर्ने फरवार्ड हसन बसिरले धेरै समय नेपाली रक्षापंक्ति र मिडफिल्डलाई अलमल गराइरहे । जसको फाइदा गोल गरिसकेको अवस्थामा पाकिस्तानी टोलीले उठायो ।
प्रतियोगितामा अब समूह 'ए' बाट सेमिफाइनल पुग्ने सम्भावना सबै टोलीलाई खुला भएको छ । त्यसैले नेपालले दक्षिण एसियाकै सबैभन्दा परिपक्व भारतसँग बिहीबार खेल्दा धेरै सम्हालिनु जरुरी छ । खासगरी प्लेयर बक्स चनाखो हुनुपर्छ । मिडफिल्डमा ध्यान दिए भारतलाई हराउन गाह्रो नहोला ।

0 comments

Write Down Your Responses

Powered by Blogger.