संघीय समाजवादी पार्टी पनि चुनावमा सहभागी हुने

काठमाडौं, १९ भदौ । अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी संविधानसभा चुनावमा सहभागी हुने भएको छ । उच्चस्तरीय राजनीतिक समितिसँगको वार्तामा आफ्ना मागहरु सम्वोधन गर्ने सहमति भएपछि संघीय समाजवादीले चुनावमा जाने निर्णय गर्न लागेको हो ।
समाजवादीसँगको छलफलमा हिजो ६ सय १ सभासद् संख्या कायम राख्ने सहमति भएको छ । हिजो सहमति भए पनि सम्झौतापत्रमा हस्ताक्षर भने आज मात्रै हुने भएको छ । संघीय समाजवादीका उपाध्यक्ष अजम्बर राई कामवाङले बुधबार दिउँसो १२ बजे स्थायी समितिको बैठक बसेर चुनावको सहभागिताका विषयमा निर्णय हुने जानकारी दिनु भयो ।
‘६ वटा माग मध्ये एउटा मागमा सहमति भएको छ बाँकी विषयमा के गर्ने भन्नेमा आज हामी निर्णय गछौ’ उहाँल भन्नुभयो । हिजोको सहमति अनुसार बैठकले सम्झौताका लागि आधारहरु तय गर्ने त्यसका आधारमा थप छलफल गरे सम्झौता हुनेछ । अन्तिम सम्झौताका लागि साँझ ६ बजे छलफलको तयारी भएको छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.