माल्दिभ्सद्वारा श्रीलंकामाथि गोलको वर्षा, अलिको दोहोरो ह्‍याट्रिक

माल्दिभ्सद्वारा श्रीलंकामाथि गोलको वर्षा, अलिको दोहोरो ह्‍याट्रिक
काठमाडौं- काठमाडौंमा जारी साफ च्याम्पियसिपअन्तर्गतको खेलमा माल्दिभ्सले श्रीलंकाविरुद्ध गोलको वर्षा
गरेको छ। सोमबार दशरथ रंगशालामा भएको खेलमा माल्दिभ्सका कप्तान अलि असफकको दोहोरो ह्यदट्रियकसँगै श्रीलंका १०-० गोलले पराजित भएको छ।
कप्तान असफकले २१, ४६, ५१, ५३, ५७ र ८६ मिनेटमा गोल गर्दै दोहोरो ह्याट्रिक गरेका थिए। माल्दिभ्सले खेलको ५औं मिनेटमा असदुल्लाह अब्दुल्लाहको गोलले अग्रता लिएको थियो। माल्दिभ्सका लागि क्रमशः हसन अदुहम ७५ औं मिनेटमा, अलि फसिर ८३औं मिनेट र अलि उमरले ८५औं मिनेटमा गोल गरेका थिए।
श्रीलंकाका गोलरक्षकको रड कार्ड पाएर बाहिरिएपछि गोलको वर्षा हुन थालेका थिए। माल्दिभ्सले दुई गोल पेनाल्टीमार्फत् गरेका थिए। यसअघिको खेलमा भुटानलाई अफगानिस्तानले ३-० गोलले हराएको थियो।
भोलि (मंगलबार)को खेल नेपाल र पाकिस्तानबीच ६:३० बजे दशरथ रंगशाला र बंगलादेश र भारतबीच ३:३० बजे हल्चोकमा हुनेछ।

0 comments

Write Down Your Responses

Powered by Blogger.