डा भट्टराईले लुम्बिनीबाट उम्मेदवारी दिने

भैरहवा, २५ भदौ । गौतमबुद्धको जन्मस्थान लुम्बिनी र यस क्षेत्रको विकासका लागि आगामी संविधानसभाको निर्वाचनमा अवधबाट उम्मेदवारी दिने पूर्वप्रधानमन्त्री तथा एनेकपा (माओवादी) का वरिष्ठ नेता डा. बाबुराम
भट्टराईले बताउनुभएको छ ।
लुम्बिनी खबर पत्रिकाको वार्षिकोत्सवको कार्यक्रममा भैरहवा आउनुभएका पूर्वप्रधानमन्त्री भट्टराईले जनयुद्धको १० वर्षको आठ वर्ष पश्चिमाञ्चलको नेतृत्व आफूले सम्हालेको बताउँदै लुम्बिनीमा आफ्नो सामीप्यता रहेको बताउनुभयो ।
यहाँको विकास अग्रगामी रूपमा अगाडि बढाउनका लागि पनि पार्टीले मेरो उम्मेदवार यस क्षेत्रबाट दिन लागेको भट्टराईले जनाउनुभयो । पूर्वप्रधानमन्त्री भट्टराईले आर्थिक, राजनीतिक, सांस्कृतिक र धार्मिक रूपमा लुम्बिनी क्षेत्रको विकास गर्नका लागि आफ्नो पार्टीले केन्द्रीयस्तरका नेताको उपस्थिति यस क्षेत्रमा गराउन खोजेको बताउनुभयो ।
आगामी संविधानसभा निर्वाचन सफल पार्न पनि सबै एकजुट भएर लाग्नुपर्ने औँल्याउँदै उहाँले देशको सङ्क्रमणकाल छिटो टुङ्ग्याई आर्थिक समृद्धिमा फड्को मार्नुपर्ने बताउनुभयो । पत्रिकाको वार्षिकोत्सवको उपलक्ष्यमा जिल्लाको समसामयिक विषयमा सञ्चार क्षेत्रको भूमिका विषयक आयोजित अन्तक्र्रियामा बोल्दै पूर्वप्रधानमन्त्री भट्टराईले राज्यको विकासमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने जनाउनुभयो ।
कार्यक्रममा पत्रिकाका प्रधान सम्पादक डा घनश्याम न्यौपानेले लुम्बिनी खबर यस क्षेत्रकै सशक्त रूपमा अगाडि बढेको पत्रिका भएको जनाउँदै सत्यतथ्य, निष्पक्ष समाचारमा लागिरहेको बताउनुभयो 
स्थानीय बुद्धिजीवी, लेखक, सञ्चारकर्मी, उद्योग–व्यापारी, पर्यटन व्यवसायी, सरकारी कार्यालयका प्रमुखहरूको उपस्थित रहेको अन्तक्र्रियामा समाजमा सञ्चार क्षेत्रले निष्पक्ष रूपमा कलम चलाउनुपर्ने बताएका थिए ।

,

1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses

Powered by Blogger.