पूर्वाञ्चलका ५६ निर्वाचन क्षेत्रमा ३ सयभन्दा बढी जनजाति उम्मेद्वार
२७ कात्तिक, काठमाण्डौं । पूर्वाञ्चलका १६ जिल्लाका ५६ निर्वाचन क्षेत्रमा धेरै जनजाति उम्मेद्वार चुनावी मैदानमा छन् । यहाँ तीन सयभन्दा बढी जनजाति नेताले उम्मेद्वारी दिएका छन् ।
केन्द्रीयस्तरका जनजाति नेताले पनि पूर्वबाटै उम्मेद्वारी दिएका छन् । एकीकृत नेकपा माओवादीका नेता वर्षमान पुन मोरङ ९ बाट उठेका छन् भने एमाओवादीकै गोपाल किराँती झापा ७ बाट उठेका छन् । एमाले नेता सुवास नेम्बाङ इलाम २ बाट उठेका छन् भने, संघीय समाजबादीका रकम चेम्जोङ धनकुटा १ बाट प्रतिष्पर्धा गरिरहेको नयाँ पत्रिकामा खबर छ ।
अघिल्लो संविधानसभा निर्वाचनमा पूर्वाञ्चलका ५६ निर्वाचन क्षेत्र मध्ये २२ जनजाति उम्मेद्वार निर्वाचित भएका थिए । त्यस्तै १५ मधेसी, १० ब्राम्हण, ७ क्षेत्री र २ दलित उम्मेद्वारले चुनाव जितेका थिए ।
पूर्वाञ्चलमा सबैभन्दा बढी निर्वाच क्षेत्र रहेको मोरङमा तुलनात्मक रुपमा थोरै जाजाति उम्मेद्वार छन् । यहाँ ९ क्षेत्रमा जम्मा २ सय ७१ उम्मेद्वारमध्ये ८० जना आदिवासी जनजाति समुदायका छन् ।

0 comments
Write Down Your Responses