पहिचानसहितको संघीयता बनाएरै छाडने प्रचण्डको खोक्रो भाषण
कञ्चनपुर, २६ कात्तिक । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानसभामार्फत पहिचानसहितको संघीयता बनाएरै छाडने दृढता व्यक्त गर्नुभएको छ । मेची–महाकाली राष्ट्रिय जनजागरण अभियानका क्रममा मंगलबार कञ्चनपुरको कृष्णपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले आम जनतालाई राष्ट्रिय एकता र संविधान बनाउने संकल्पसहित अभियानको थालनी
संविधानसभाको निवार्चनमा देशभरि एनेकपा माओवादीप्रति जनहलर उर्लिदो रहेकाले जित सुनिश्चित रहेको बताउनुभयो । परिवर्तनकारी शक्तिलाई बहुमत दिएमा मात्रै संविधान निर्माण हुने, स्थिर सरकारको गठन हुने, विकास निर्माणका कार्य र उत्पादनका कार्य अगाडि बढनसक्ने उहाँको भनाइ थियो ।
अघिल्लो संविधानसभाको निर्वाचनमा बहुमत नआउँदा प्रतिगामी शक्तिका कारण संविधान बन्न नसकेको उल्लेख गर्दै उहाँले विकास, स्थिर सरकार, पहिचानसहितको संघीयताका लागि आफ्नो पार्टीका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभयो ।
नयाँ संविधान बनाउँछौँ
धनगढी। एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानसभा निर्वाचनमार्फत गठन हुने संविधानसभाले नयाँ संविधान बनाई छाड्ने बताउनुभएको छ । एमाओवादीले सुरु गरेको मेची–महाकाली राष्ट्रिय जनजागरण अभियानअन्तर्गत मंगलबार कैलालीको अत्तरियामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले अब बन्ने संविधानसभामा छ महिनासम्म सहमति गरेर संविधान निर्माणको प्रयास गर्ने र सहमति नभए मतदानको प्रक्रियामा गएर नयाँ संविधान निर्माण गरिछाड्ने बताउनुभयो ।
नेकपा–माओवादीतर्फ लक्षित गर्दै उहाँले बन्द र अवरोध गरिएको भए पनि एमाओवादीको मेची–महाकाली जनजागरण अभियानलाई कुनै असर नपरेको बताउनुभयो । राष्ट्रिय एकता कायम गर्न र पहिचान तथा अधिकारसहितको संविधान बनाउन मेची–महाकाली अभियान थालिएको बताउँदै अध्यक्ष दाहालले अबको चुनावमा परिवर्तनकारी शक्ति एमाओवादीलाई बहुमतले विजयी गराउन आग्रह गर्नुभयो ।
सभालाई कैलाली क्षेत्र नं ५ का एमाओवादीका उम्मेदवार लेखराज भट्टले पनि सम्बोधन गर्नुभएको थियो ।

0 comments
Write Down Your Responses