विश्वकप फुटबलको ट्रफी भोलि नेपाल ल्याईंदै

विश्वकपको ट्रफी फुटबलको सर्वोच्च निकाय फिफाको विशेष विमानमा बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइने छ । मध्यान्ह १२ बजेपछि ट्रफी राजधानीको दशरथ रंगशालामा राखिने जनाइएको छ ।
राष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यमा सुरु हुने ट्रफी प्रदर्शन साँझ साढे ७ बजेसम्म राखिने जनाइएको छ । ट्रफी आइतबार भारत लगिने जनाइएको छ ।
नेपालमा पहिलो पटक विश्वकप फुटबलको ट्रफी आउने कुराले धेरैमा उत्साह थपे पनि कडा सुरक्षाका कारण सर्वसाधारणले भने सजिलै रंगशालामा पुगेर ट्रफी प्रत्यक्ष रुपमा हेर्न पाउने छैनन् ।
यसैबीच, कोकाकोला उपभोक्तासहित झण्डै सात हजारले ट्रफी प्रत्यक्ष हेर्न पाउने अनुमान गरिएको छ ।
0 comments
Write Down Your Responses