राष्ट्रिय पोलियो खोप अभियान आजदेखि सुरु
अभियानअन्तर्गत पहिलो चरणमा ६८ जिल्लाका जन्मेदेखि पाँच वर्षमुनिका सम्पूर्ण बालबालिकालाई आज र भोली तथा दोस्रो चरणमा आगामी माघ ११ र १२ गते पोलियो खोप लगाइने छ । ‘दुई थोपा, हरेक बालबालिकासम्म’ भन्ने मूल नाराका साथ शुभारम्भ भएको यो अभियानअन्तर्गत मुलुकभरका पाँच वर्षमुनिका ४२ लाख २६ हजार ९सय ९६ बालबालिकालाई समेट्ने लक्ष्य सरकारले लिएको छ ।
सबै गाविसमा कम्तीमा एउटा तथा नगरपालिकाका प्रत्येक वडामा कम्तीमा दुई खोप केन्द्र सञ्चालन गरिने छ । यसरी मुलुकभर ४० हजार ४४७ खोप केन्द्रमा ८१ हजार स्वयम्सेवक र १२ हजार अनुगमनकर्ता परिचालन हुने वताइएको छ ।
0 comments
Write Down Your Responses