धरानमा चासोक तङ्नामको रौनक

६ पुस, काठमाडौ । किराती समुदायले मनाउने उधौली पर्वको अवसरमा किरात याक्थुम चुम्लुङ, धरान नगर कमिटीले चासोक तङ्नाम पर्यटक उत्सव आयोजना गरेको छ । उत्सव पुस २ गते देखि ६ गते शनिबारसम्म चल्नेछ ।
सांस्कृतिक उत्सवमा च्याबु्रङ नृत्य प्रतियोगिताका साथै विभिन्न सांस्कृतिक एवं मनोरञ्जनात्मक कार्यक्रमहरु भइरहेका छन् । च्याबु्रङ नृत्य प्रतियोगितामा प्रथम, द्वीतीय र तृतीय हुनेहरुलाई क्रमशः १० हजार, ६ हजार र ४ हजार नगदसहित ट्रफी र प्रमाणपत्र वितरण गरिने कार्यक्रम छ ।
प्रतियोगितामा सुनसरी र मोरङ जिल्लाका गरी एक दर्जन च्यावु्रङ नृत्य समूहले भाग लिएका छ । लिम्वु जातिहरुले उधौलीको अवसरमा ०५० सालदेखि यसरी नै भेला भएर धरानमा चासोक तङनाम मनाउन थालेका हुन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.