बहराइनमा नेपाली दूतावास सञ्चालन

त्यस अवसरमा सचिव थापाले नवस्थापित राजदूतावासले नेपाल र बहराइनबीचको सहयोग विस्तारका साथै व्यापार, पर्यटन, आर्थिक सहयोग एवम् नेपाली नागरिकहरूलाई रोजगारका अवसर उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयो । सन् सत्तरीको दशकमा स्थापना भएको नेपाल–बहराइन कूटनीतिक सम्बन्ध समस्यारहित रहेको चर्चा गर्दै उहाँले संयुक्त राष्ट्रसंघ, क्षेत्रीय एवम् अन्तर्राष्ट्रिय मामलामा दुवै मुलुकको साझा धारणा रहेको बताउनुभयो ।
सचिव अल साकेरले आफ्नो मुलुकले नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिएको बताउँदै हाल बहराइनमा ३५ हजार आप्रवासी नेपाली कामदार रहेको जानकारी दिनुभयो । उहाँले पारस्परिक सहयोगका क्षेत्र विस्तार गर्न पनि बहराइन उत्सुक रहेको बताउनुभयो । राजदूतावास उद्घाटनअघि सचिव थापाले बहराइनका आफ्ना समकक्षीलाई त्यहाँको विदेश मन्त्रालयमा भेटेर थप नेपाली कामदारलाई रोजगारका अवसर उपलब्ध गराउन आग्रह गर्नुभएको र बहराइनले उक्त आग्रहप्रति सकारात्मक जवाफ दिएको परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सचिव थापाले बहराइनको श्रम बजार नियमन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अष्माए अल अब्सीसँग पनि भेटवार्ता गरी नेपाली कामदारको अवस्थाबारे जानकारी लिनुभएको थियो । सरकारले कार्यवाहक राजदूतस्तरमा स्थापना गरेको नेपाली दूतावासको प्रमुखमा परराष्ट्र मन्त्रालयका उपसचिव दुर्गाबहादुर सुवेदीलाई नियुक्त गरेको छ ।
0 comments
Write Down Your Responses