पाँचथर जिल्ला एकवर्षमा ३३ दिन बन्द
१६ पुस, पाँचथर । पूर्वी पहाडी जिल्ला पाँचथरमा सन् ०१३ मा ३३ दिन बन्द हड्ताल भएका छन् । राजनैतिक दल र दवाब समूहले ३३ दिनसम्म बन्द हड्ताल गरेका एक मानवअधिकारवादी संस्थाले जनाएको हो ।
इन्सेकले मंगलबार सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा सो कुरा उल्लेख । बन्द हड्तालबाट नागरिकको बाँच्न पाउने, स्वतन्त्रतापूर्वक हिंड्डुल गर्न पाउने र बालबालिकाको पढ्न पाउने अधिकार हनन भएको इन्सेक प्रतिनिधि मंगल बेघाले बताउनुभयो ।
जिल्लामा एक वर्षको अवधिमा पाँचवटा हत्याका घटना भएका थिए भने १९ वटा बलात्कार घटनामा १५ जना बालिका र अन्य चारजना महिला पीडित भएको इन्सेकको प्रतिवेदनमा उल्लेख छ ।
तत्थ्याङ्कमा जिल्लामा बालअधिकारका १० वटा, महिलाअधिकारका ९ वटा घटना समावेश छन् । १६ वटा कुटपिटका घटनामध्ये एकजना राज्य पक्षबाट तथा १३ पुरुष र २ महिला गरी १५ जना गैरराज्यबाट पीडित भएको उल्लेख छ । जसमा चारजना प्रहरी जवानमाथि पनि कुटपिट भएको छ ।
कार्यक्रमका सहभागीले इन्सेकले अन्य संस्थासँग समन्वय नगर्दा धेरै घटना छुटेको र मानवअधिकार रक्षामा इन्सेक प्रतिनिधिको भूमिका प्रभावकारी नभएको भन्दै आक्रोश पोखेका थिए
0 comments
Write Down Your Responses