इलामबाट चार लाख नगदसहित सुन लुटपाट

इलाम, १५ पुस । इलामको जोगमाइ–३ स्थित गणेशबहादुर महतको घरबाट चार लाख नगद र एक तोला सुन लुटेराको समूहले लुटेको छ । गएराति १०/११ जनाको संख्यामा आएको लुटेराको समूहले महत र उनकी
श्रीमतीलाई नियन्त्रणमा लिई आइतबार राति नगद र सुन लुटेर लगेको प्रहरीले जनाएको छ ।
लुटेराको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय श्रेष्ठले बताउनुभयो ।
0 comments
Write Down Your Responses