एमाओवादीको सभासदमा पूर्व आईजीपीदेखि जेबी टुहुरेसम्म(सूचीसहित)

‘जनयुद्ध दमन गर्ने’ मध्येका एक भन्दै शाहलाई सभासद बनाएकोमा माओवादीभित्रैबाट चर्को विरोध छ । पूर्व माओवादी नेता एवं हाल बैद्य माओवादीमा रहेका लेखनाथ न्यौपानेले त पूर्व सेनापति रुकमाङगत कटवालले माने उनलाई पनि एमाओवादीले सभासद वा केन्द्रीय सदस्य बनाए हुने टिप्पणी गर्नु भएको छ ।
माओवादीले बुझाएको समानुपातिक सभासदमा पूर्वपोलिटब्युरो सदस्य सुरेन्द्र कार्की(राम कार्की), श्रीप्रसाद जगेबु, राधिका तामाङ, कमला दोङ, कृष्ण धिताल, आशा कोइराला, भक्तिप्रसाद पाण्डे, लालबहादुर गुरुङ, तेजकुमारी पौडेल, दलजित विके श्रीपाली, सिर्जना तरामु खत्री, केशरी घर्ती मगर, रेखा शर्मा, गोमा कुँवर, ललिताकुमारी साउद रावल, कर्णबहादुर विक, दिलमाया धामी र फुलझरी देवी रहनुभएको छ ।
एमाओवादीको सूचीमा सवै ५४ जना नै नयाँ अनुहार छन् । यसमध्ये कार्की बिगतमा फ्रान्स र भारत दुवै मुलुकमा राजदूत अस्वीकृत भएपछि जिम्मेवारीबिहीन अबस्थामा थिए । पूर्व आईजीपी शाह र जेवी टुहुरे भने चुनावभन्दा केहीसमय पहिलेमात्र एमाओवादी प्रवेश गरेका थिए । प्रचण्डको सचिवालयमा कार्यरत तत्कालिन जनसेनाका डिभिजन कमाण्डर सन्तु दरै पनि सभासद्को सूचीमा परेका छन् ।
यस्तै वेदमाया भण्डारी, भेषकुमारी राउत, अनिताकुमारी परियार, मोहम्मद जाकिर हुसेन, मोहन टुडु, अमनलाल मोदी, ओङ्दी शेर्पा, सूर्यप्रकाशवाला राई, सन्तुकुमार दरै र योगेन्द्रलामा घिसिङ रहनुभएको छ । यस्तै समानुपातिकतर्फका सभासद्मा हरिलाल ज्ञवाली, दुर्गा खुना, गोपाल गिरी, धन पहरी, अजयशङ्कर नायक, लालेन्द्रनकुमार मण्डल, प्रतीक्षा तिवारी मुखिया, निशाकुमारी साह, धनीराम पौडेल, शम्भु पासवान हजारा, डोरप्रसाद उपाध्याय, रामनारायण बिंडारी, सुरेन्द्रप्रसाद जयसवाल, उषाकिरण असारसादरी, दुलारी हरिजन, सोनिया यादव, धनमाया विक खनाल, सीता नेपाली, तुलसा राना, अञ्जना चौधरी, रुपा महर्जन र पुनाराम थापा रहनुभएको छ ।
नेताहरुबीच सहमतिको प्रयास भइरहेकाले केही नाम भने हेरफेर हुन सक्ने माओवादीले बताएको छ ।
पूर्ण सूची
वेदमाया भण्डारी (शाक्य)
सुरेन्द्रकुमार कार्की
भेषकुमारी राउत (भट्टराई)
अनिताकुमारी परियार
रबीन्द्रप्रताप शाह
मोहम्मद जाकिर हुसेन
मोहन टुडु
अमनलाल मोदी
ओङदी शेर्पा
श्रीप्रसाद जवेगु
सुईप्रकाशवाला राई
सन्तकुमार दरै
जुठबहादुर टुहुरे खड्गी
योगेन्द्र लामा घिसिङ
राधिका तामाङ
कमला दोङ
कृष्ण धिताल
आशा कोइराला
भक्तिप्रसाद पाण्डे
लालबहादुर गुरुङ
तेजकुमारी पौडेल
दलजित विके श्रीपाली
सिर्जना तरामु खत्री
केशरी घर्तीमगर
रेखा शर्मा
गोमा कुावर
ललिताकुमारी रेग्मी
जानकी कुमारी साउद रावल
कर्णबहादुर विक
दिलमाया धामी
फूलझरी देवी
हरिलाल ज्ञवाली
दुर्गा खुना
गोपाल गिरी
धन पहरी
अजयशंकर नायक
लालेन्द्रकुमार मण्डल
प्रतीक्षा तिवारी मुखिया
रामसिंह यादब
निशाकुमारी शाह
धनीराम पौडेल
शम्भु पासवान हजारी
डोरप्रसाद उपाध्याय
रामनारायण विडारी
सुरेन्द्रप्रसाद जयसवाल
उषा किरण अन्सारी
दुलारी हरिजन
सोनिया यादव
धनमाया विश्वकर्मा -खनाल)
सीता नेपाली
तुलसा राना
अञ्जना चौधरी
रुपमा महर्जन (श्रेष्ठ)
पुनाराम थापा
0 comments
Write Down Your Responses