बढाएको भिसा शुल्क नहटाए मलेसियामा कामदार नपठाउने चेतावनी
मलेसियाले नोभेम्बर १ देखि लागू हुने गरी सात सयको भिसा शुल्क बढाएर ३ हजार ९ सय रुपैयाँ पुर्याएको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी संघले बायो मेडिकलको नाममा भिसा शुल्क बढाइ केही मेडिकल सेन्टरहरुलाई मात्रै मान्यता दिई सिन्डीकेट लागू गरेको आरोप लगाएको छ ।
संघका अध्यक्ष बलबहादुर तामाङले नेपाली कामदारलाई बायो मेडिकल र भिसा लगाउन छुट्टै फोसा भन्ने संस्थालाई शुल्क बुझाउँदा आर्थिक भार पर्ने भन्दै खारेज हुनुपर्ने माग गरे ।
मलेसियाली सरकारले नेपाली कामदारको स्वास्थ्य परिक्षणको रिपोर्ट गलत भएको भन्दै बायो मेडिकलबाट मात्रै मेडिकल गरिनुपर्ने भन्दै भिसा शुल्क बढाएको हो ।
संघले बायो मेडिकलको विरोध नगरेको तर, मेडिकल नगरिकनै मेडिकल रिपोर्ट दिने व्यवसायीलाई कारबाही गरिए त्यस्तो अवस्था नआउने तामाङले दाबी गरे ।
बढाइएको भिसा शुल्क नहटाइए नेपाली कामदार मलेसिया नपठाउने संघले चेतावनी दिएको हो ।
0 comments
Write Down Your Responses