चोरी–लुटपाटमा संलग्न ६ युवा पक्राउ

काठमाडौं, पौष ५ । काठमाडौं प्रहरीले चोरी तथा लुटपाटमा संलग्न ६ जना युवालाई पक्राउ गरी सार्वजनिक गरेको छ । महानगरीय प्रहरी वृत्त गौशालाले पत्रकार सम्मेलन गरी चोरी तथा लुटपाटमा संलग्न प्युठानका दिपक बोगटी, ताप्लेजुङका अनिल थापा, सुर्खेतका प्रेम केसी, सिन्धुपाल्चोकका कृष्णबहादुर थापा मगर,
रुपन्देहीका विकास आचार्य र लमजुङका राजेन्द्र गुरुङलाई सार्वजनिक गरेको हो ।
उनीहरुलाई गौशाला, रातोपुल, ज्ञानेश्वर, सिफल, ललितपुरको एकान्तकुना लगायतका स्थानहरुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 
उनीहरुबाट करिब ६ लाख बरामदको धनमाल र नगद बरामद गरेको प्रहरीले जनाएको छ । 
पक्राउ परेका आचार्य र गुरुङले भने सार्वजनिक सवारीमा नै धारिलो हतियार देखाएर लुटपाट गर्ने गरेको पनि प्रहरीले जनाएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.