समयमा पुल निर्माण सक्न ध्यानाकर्षण

 जीवन शर्मा 
ओखलढुंगा, सिद्धिचरण राजमार्ग अन्र्तगत उदयपुर र ओखलढुंगा जोड्ने सुनकोशी नदिमा निर्माणाधीन पक्की पुल तत्काल सम्पन्न गर्न माग गर्दै ओखलढुंगा र खोटाङका सभाषदहरुले सडक विभागका महानिर्देशकको
ध्यानाकर्षण गराएका छन् । ओखलढुंगा निर्वाचन क्षेत्र नं १ का सभाषद यज्ञराज सुनुवार र खोटाङ क्षेत्र नं. १ का सभाषद पिके राईसहितको टोलीले पुलको अबरुद्ध काम सुचारु गरी तत्काल सम्पन्न गर्न ज्ञापन पत्र बुझाएका हुन् केही समय अघि ओखलढुंगा निर्वाचन क्षेत्रनम्बर २ का सभाषद रामहरी खतिवडा,सोलुखुम्बुका सभाषद एवं नेपालीकांग्रेसका केन्द्रिय सदस्य बलबहादुर केसी लगायत ओखलढुंगाका नेपाली कांग्रेस सभाषदका प्रत्यासी बालकृष्ण दाहाल,जिल्ला सभापति प्रदीप कुमार सुनुवार लगाएत नेताहरुले विभागका महानिर्देशक लाइ भेटी आउदो एक बर्ष भित्र पुल बनाइसक्नु पर्ने भन्दै ध्यानाकर्षण गराएका थिए ।
१२ वर्षदेखि निर्माणाधीन ओखलढुंगा, खोटाङ र सोलुखुम्बु जोड्ने सुनकोशी पुलको काम ठेकेदारले विभिन्न बहानामा काम रोक्ने र राजनीतिक दलका नेताहरुले यसैलाइ चुनावी मुद्धन बनाउदै आएपछि लामोसमयसम्म पुल निर्माण कार्य अलपत्र भएको हो ।
तीन जिल्लाको भविश्यसँग जोडिएको पुल नबन्दा जिल्लामा महंगी बढेको भन्दै गुनासो आएपछि सडक विभागका महानिर्देशक विनोद कार्कीलाई ज्ञापन पत्र बुझाएको सभाषद यज्ञराज सुनुवारले जानकारी दिए ।
०५९ साल असारमा सम्झौता भए पनि हालसम्म पुलका तीन वटा पिलर मात्र बनेका छन् । ठेकेदारले नदीभित्र पिलर गाड्न कडा चट्टान भेटिएको भन्दै काम नगरेपछि पुलको पिलर बनाउन मात्रै १२ वर्ष लागेको छ ।
सुनकोशीमा पुल नहुँदा उदयपुरको घुर्मी हुँदै ओखलढुंगा, खोटाङ र सोलुखुम्बुबाट राजधानी चल्ने सवारी संचालन हुन सकेका छैनन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.