दीपक र दीपा सुटुक्क चितवनतर्फ, भन्छन्, ‘दिनेश र नीतासँग सम्बन्ध राम्रो छ’
‘सिनेमाको प्रमोशन मात्र गरेर हुँदैन, राम्रो पनि बन्नुपर्छ, यसैले दिनेश डीसी भित्री काममा नै व्यस्त हुनुहुन्छ’, निर्माता तथा कलाकार दीपकराज गिरीले भने । यता नायिका नीता ढुंगाना पनि सिनेमाको प्रमोशनमा नदेखिएको बिषयमा दीपाले भनिन्, ‘नीतासँग पनि सम्बन्ध निक्कै राम्रो छ । उनी पनि सिनेमाको प्रमोशनका लागि दौडिरहेकी छिन् ।’
दिनेश डीसी आफ्नो गुरु भएकाले झगडा पर्नै नसक्ने दीपकले बताए । संचारमाध्यममा आफू र दीपालाई बढि खोजिएकाले पनि प्रमोशनमा २ जना बढि कुद्नु परेको दीपकको तर्क छ । पौष २६ गतेबाट प्रदर्शनमा आउन लागेको यो सिनेमाले दर्शकलाई हसाँउने विश्वास निर्माणपक्षको छ । अर्का कलाकार निर्मल शर्मासँग मिलेर दीपक र दीपाले बनाएको यो सिनेमामा केदार घिमिरे, सिताराम कट्टेल, दीपकराज गिरी, जितु नेपाल, शिवहरी पौडेल, सन्दिप क्षेत्री, नीता ढुंगाना लगायतका कलाकारले अभिनय गरेका छन् ।
0 comments
Write Down Your Responses