वैदेशिक रोजगारमा जाने पाँच गुणाले बढे
कपिलवस्तु, १५ पुस कपिलवस्तुबाट वैदेशिक रोजगारमा गएका कुल २८ हजार ६ सय ८३ जना मध्ये मोतिपुर गाविसका मात्रै २ हजार २२ जना रहेका छन् । सतहत्तर गाविस रहेको यस जिल्लामा एक गाविसबाट सरदर ३ सय ७२ जना वैदेशिक रोजगारमा गएको देखिएपनि मोतिपुरमा भने अन्य गाविसमा भन्दा पाँच गुणा
बढी युवा विदेशिएका छन् ।
गाविसको कुल जनसङ्ख्या १४ हजार ४ सय रहेकामा विदेश जानेको सङ्ख्या १४ प्रतिशत रहेको छ । मोतिपुरको वडा नं २ बाट मात्रै ६८ जना महिला वैदेशिक रोजगारीमा गएका छन् ।
जिविस कपिलवस्तुको पञ्जीकरण शाखाको तथ्याङ्क अनुसार यस गाविस एक हजार ७०९ पुरुष र ३१३ महिला वैदेशिक रोजागारमा गएका छन् ।
0 comments
Write Down Your Responses