अमेरिकी ग्रिनकार्ड होल्डर नेपाली सभासद्

१७ पुस, काठमाडौं । कुनै सरकारी कर्मचारीले अर्को देशको स्थायी बसोबासको प्रमाणपत्र लिनका लागि निवेदन दिन परे सेवाबाट राजीनामा गर्नुपर्छ । राजीनामा नदिई यस्तो निवेदन दिएको पाए सरकारले उसलाई
कानुनी कारबाही गरी सेवाबाट बर्खास्त गर्ने निर्णय मन्त्रिपरिषदको छ ।
राष्ट्रिय समाजवादी पार्टी (रामसपा) ले भने संविधान, कानुन र मन्त्रिपरिषद्को निर्णयको खिल्ली उडाउँदै अमेरिकी गि्रनकार्ड लिइसकेकी निर्जला राउतलाई समानुपातिक सभासद सिफारिस गरेको छ । राउत पार्टीकी राष्ट्रिय सल्लाहकार पनि हुन् ।
रामसपाले समानुपातिकतर्फ पाएको तीन सिटमा राउत, महोत्तरीका धमेन्द्र साह र धनुषाका दिनेश साहलाई सिफारिस गरेको हो । उसले प्रत्यक्षमा एक सिट पनि जितेको थिएन् । गि्रनकार्ड लिएकी राउत भारतीय मूलका अमेरिकी नागरिक क्रिस क्रिस्ननकी पत्नी हुन् । क्रिस अमेरिकामै बस्दै आएका छन् । गि्रनकार्ड अमेरिकामा नागरिकता पाउनुअघिको पहिलो चरण हो ।
राउते भने पति र आफ्ना छोराछोरी सबै अमेरिकी नागरिक र गि्रनकार्ड होल्डर भएपनि आफू गि्रनकार्ड होल्डर नभएको दाबी गरेको कान्तिपुर दैनिकमा खबर छ । ‘फेमेली सबै गि्रनकार्ड होल्डर छन्, मैले चाँही लिएकी छैन्,’ राउतले भनिन्-’म व्यापार गर्न नेपालमै बसिरहेकी छु ।’
रामसपाका प्रवक्ता इजहार मिकरानीले पनि राउत गि्रनकार्ड होल्डर भएको पुष्टि गरे । ‘उहाँका पति अमेरिकी गि्रनकार्ड होल्डर हुनुहुन्छ,’ मिकरानीले भने, ‘गि्रनकार्ड होल्डर भएकाले उहाँको सभासद् पद धरापमा छ ।’
विदेशी नागरिक हुने क्रममा रहेको व्यक्ति नेपाली सभासद् बन्नु नागरिकता ऐनको मर्म विपरीत हुने पूर्वगृह प्रशासकहरु बताउँछन् । अर्को मुलुकको नागरिकता लिने क्रममा रहेको व्यक्ति नेपालभन्दा अर्कै मुलुकप्रति नै बफादार हुने भएकाले यहाँको सभासद बन्न कानुनी, राजनीतिक र नैतिक रुपमा नमिल्ने उनीहरु बताउँछन् 
नागरिकता ऐनमा विदेशी नागरिकता लिनासाथ नेपालको नागरिकता स्वतः रद्द हुने व्यवस्था छ ।

1 comments

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।

Write Down Your Responses

Powered by Blogger.