सलमान खान होइन करण सँग बिहे गर्न चाहन्छु :प्रिटि जिन्टा

करन ले सलमानसँग बैवाहिक प्रश्न राखेका थिए। त्यतिबेला सलमानले आफ्नो जीवनसाथीको रुपमा वलिउड
एक्ट्रेस प्रिटी जिन्टा आफुले चाहेको बताएका थिए ।
तर, प्रिटि जिन्टा समलानको यो कुरा प्रति खासै गहिरिएर सोचिनन् । गालामा डिम्पल भएकी जिन्टाले एक अवार्ड कार्यक्रममा भने अचम्मित तुल्याईदिएकी छिन्। सञ्चारकर्मीले उनका व्यक्तिगत कुराहरु खोतल्न थालेपछि प्रिटीले सलमानले आफुसँग बिहे गर्न चाहेको बताएपछि आफुले भने करन जौहरसँगै बिहे गर्न चाहेको बताईन् ।
सो कार्यक्रममा करन पनि आएका थिए। प्रिटीको कुरामा करन जौहर पनि सकारात्मक थिए। निर्माता(निर्देशक जौहरले पनि आफुले प्रिटीसँग बिहे गर्न इच्छुक रहेको बताए।
0 comments
Write Down Your Responses