साउदी अरबमा एक नेपालीको मृत्यु
८ पुस, संखुवासभा । रोजगारीको शिलशिलामा साउदी अरब पुगेका एक नेपालीको मृत्यु भएको छ । १७ वर्ष
देखि साउदीको रियादस्थित जोर्डन एल्टीडी कम्पनीमा फोरमेनका रुपमा काम गर्दै संखुवासभा तामाफोक ५ का ३८ वर्षीय कमलवहादुर जिमीको शुक्रवार मृत्यु भएको हो ।
मृतकका माइला भाई विदुर जिमीका अनुसार रियादस्थित अस्पतालमा उपचारका क्रमा कमलको मृत्यु भएको हो । मृतक कमलको शव १० दिनपछि नेपाल आइपुग्ने जोर्डर्न कम्पनीले जनाएको मृतका भाई विदुरले बताए । १७ वर्ष सम्म एकै कम्पनीमा काम गरेका कमल जिमीको राहत र क्षतीपूर्तिको लागि नेपाल सरकारले सक्दो पहल गरि दिन सम्वन्धित पक्षलाई उनले आग्रह गरेका छन् ।
ड्युटीका क्रममा एक्कासी व्लड प्रेसर हाई भई विरामी भएका कमलको रियादस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सोही कम्पनीमा कार्यरत तामाफोक-६ का लाखवहादुर जिमीले जानकारी दिएको भाई विदुरले बताए । मृतक कमलमी श्रीमती, एक छोरा र तीन छोरी छन् ।
0 comments
Write Down Your Responses