मानव खप्परसहित त्यागी र डमरु बाबा पक्राउ

मादक पदार्थ सेवन गरी आश्रममा त्यागी बाबासँग झगडा गर्न गएका डमरु बाबाले मानव खप्परको विषयमा विवाद गरिरहेका बेला सशस्त्र प्रहरी बल पशुपति मन्दिर सुरक्षा बेसबाट नियमित गस्तीमा रहेको एपीएफ टोली पुगेको थियो ।
डमरु बाबाले उक्त मानव खप्पर आˆनो भएको बताउँदै मागेका थिए भने त्यागी बाबाले आˆनो भन्दै नदिएपछि विवाद सुरु भउको थियो । त्यागी बाबाले एपीएफ टोली समक्ष ती मानव खप्पर मध्ये दुई वटा करीब एक सय वर्ष पुरानो रहेको बताएका छन् ।
उनले ती मानव खप्पर पहिला पगलानन्द बाबाकोमा रहेको र त्यहाँबाट आफुले ल्याएको कुरा सशस्त्र प्रहरी समक्ष बताएका छन् । मानव खप्पर मध्ये दुई वटामा कालो धुँवा लागेको र पुरानो देखिएको छ । अर्को मानव खप्पर हालसालै मात्र खनेर निकालेको जस्तो देखिएको छ र यसमा माटो टासिएको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीद्वारा जारी वुलेटिनमा उल्लेख छ ।
0 comments
Write Down Your Responses