मनकामनाबाट दैनिक आधा लाख भेटी हराउँछ

८ पुस, गोरखा । गोरखाको प्रसिद्द धार्मिकस्थल मनकामना र गोरखकाली मन्दिरमा दैनिक आउने तीन हजार भन्दा बढी भक्तजनले कति भेटी चढाउलान्रु यसरी चढाएको भेटी कहा जान्छ रु अहिलेसम्म कुनै लेखाजोखा छैन। दुबै मन्दिरमा गरी दैनिक ५० हजारभन्दा बढी भेटी चढ्ने अनुमान मन्दिरका कर्मचारीको छ। तर,न त्यो
मन्दिरका लागि न सामाजिक काममा ।
देशकै एकमात्र केबुलकारका कारण मनकामना दर्शन गर्ने भक्तजनको संख्या बर्सेनी बढ्दो छ। गत षर्षको तथ्याङ्क अनुसार ९ लाख भक्तजनले केवलकार चढेर मनकामनाको दर्शन गरे। अरु थप एक लाख गाडीबाट र हिडेर आएको मनकामना क्षेत्र विकास समितिको आकडाले देखाउँछ। यो तथ्याङ्कअनासर दैनिक २ हजार ७ सय भन्दा बढी भक्तजनहरु मनकामना मन्दिर आउँछन् ।
‘यी भक्तजनले मन्दिरमा चढाएको भेटीको कुनै लेखाजोखा नै छैन,’ समितिका अध्यक्ष दिनेश जोशीले भने,’हामीले भेटी व्यवस्थापन प्रयास गरेपनि अहिलेसम्म सफल हुन सकेका छैनौ।’ भक्तजनले चढाएको भेटी द्रब्व सुना तामालगायतका सबै पुजारी ले एकलौटी प्रयोग गर्दै आएका छन्।
मन्दिरको भेटी दुई लाख महन्तलाई आठ लाख
जग्गा र सम्पत्तिको तथ्यांकका आधारमा जानकी मन्दिर जनकपुरको सबैभन्दा धनी संस्थाका रुपमा चिनिन्छ । नगरभित्रै ८४परिवारलाई आश्रय दिएको छ यो मन्दिरले ।
तीबाहेक नेपाल तथा भारतका विभिन्न स्थानमा रहेको विघौं खेतीयोग्य जग्गा, मन्दिरमा आउने श्रद्धालुले दैनिक चढाउने भेटी रामजानकी विवाहमण्डप प्रवेश गर्ने टिकट शुल्क र सांस्कृतिक संग्रहालय अवलोकन गरेवापत प्राप्त रकमसमेत पर्याप्त आम्दानी छ । तर, आम्दानी पारदर्शी नहुँदा मन्दिरको अवस्था दयनीय बन्दै गएको नागरिक दैनिकमा खबरक छ ।
मन्दिरको आर्थिक वर्ष २०६६/०६७ को लेखापरीक्षण प्रतिवेदन अनुसार वर्षभरिमा जम्मा आम्दानी ३५ लाख ७३ हजार १२ रुपैयाँ छ । उक्त प्रतिवेदनअनुसार वर्षभरि मन्दिरमा चढाइएको भेटीवापत जम्मा २ लाख ४१ हजार रुपैयाँ प्राप्त भएको छ । महन्तलाई भेटेर श्रद्धालुले ८ लाख ६५ हजार दिएका छन् । नगरपालिकाले पाँच् हजार र गुठी संस्थानले १ लाख ८० हजार ५ सय ३६ रुपैयाँ उपलब्ध गराएका छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.