सलमान खानलाई इस्लामको धार्मिक भावनामा ठेस पुर्‍याएको गम्भिर आरोप

अनेकन विवाद निम्त्याईरहेको छ कलर्स च्यानलमा प्रशारण भईरहेको लोकप्रिय रियलटी शो ‘बिग बोस’ले । बिस बोस सिजन सातका सञ्चालक सलमान खान विविध विवादबाट ज्यादै अप्ठेरोमा परिरहेका छन्।
यसैबीच सलमानलाई अर्को गम्भिर आपत आईलागेको छ। यसपटक सलमान सो कार्यक्रम सञ्चालनको कारण अप्ठेरोमा फसेका हुन्। प्राप्त समाचार अनुसार उनलाई इस्लामको धार्मिक भावनामा ठेस पुर्‍याएको गम्भिर आरोप लागेको छ।
शो मा जन्नत तथा जहन्नुमको अवधारणाले इस्लाम धर्मको भावनामा आहत भएको ठहर भएको छ। यसकारण सलमान विरुद्द मुद्दा परेको छ। यसअघि सल्लु मियाँलाई दुई प्रतिस्पर्धी कुशाल र सोफियाको कारण समस्या भोग्नु परेको थियो।

0 comments

Write Down Your Responses

Powered by Blogger.