वार्षिक एक लाख बढीको आँखा उपचार

 नेपालका अन्य विकास क्षेत्रको तुलनामा मध्यपश्चिमाञ्चल क्षेत्रका जिल्लाका नागरिकमा सबैभन्दा बढी आँखा रोगको समस्या देखापर्ने गरेको छ । नेपाल नेत्र ज्योति संघ, बाँकेको शनिबार यहाँ आयोजित वार्षिक साधारणसभामा प्रस्तुत तथ्यांकअनुसार, मध्यपश्चिम क्षेत्रको भेरी अञ्चलमा हाल 100 प्रतिशत नागरिकमा आँखाको समस्या देखा परेको छ ।संघद्वारा सञ्चालित स्थानीय फत्तेबाल आँखा अस्पतालका प्रबन्धक कौशलकुमार वर्माका अनुसार, ०.२ दुई प्रतिशत आँखाको समस्या भएको जिल्लालाई मात्र ‘अन्धोपन मुक्त जिल्ला’ मानिन्छ ।  सो आँखा अस्पतालले वार्षिक एक लाखभन्दा बढी बिरामीको उपचार गर्दै आए पनि यस क्षेत्रका नागरिकमा भने आँखा रोगको समस्या अपेक्षाकृत ओरालो लाग्न सकेको छैन ।
गत आर्थिक वर्षमा सो अस्पतालले एक लाख तीन हजार जनाको आँखा जाँच गर्नुका साथै ११ हजार ५ सय २७ बिरामीको शल्यक्रिया गरेको थियो ।
विसं २०४३ मा स्थापित अस्पतालले मध्यपश्चिमको बाँके, बर्दिया, जाजरकोट, सुर्खेत, दैलेख र डोल्पा जिल्लामा आँखा उपचार सेवा पनि पु-याउँदै आएको छ । कुल १ सय ५० शय्या क्षमताको सो अस्पतालमा मध्यपश्चिमाञ्चलका प्रायः सबै जिल्ला र भारतबाट समेत बिरामी उपचारका लागि आउने गरेको जनाइएको छ ।
अस्पतालले आँखाका बिरामीलाई निःशुल्क उपचार सेवा दिने उद्देश्यले निःशुल्क आँखा शल्यक्रिया तथा आँखा जाँच र उपचार शिविरसमेत सञ्चालन गर्दै आएको प्रबन्धक वर्माको भनाइ थियो । यसैबीच, सो अस्पताल परिसरमा तीन करोडको लागतमा दुई तले नयाँ बहिरङ्ग विभाग निर्माण भएपछि आँखाका बिरामीको उपचारमा थप सहजता आएको नेपाल नेत्र ज्योति संघका जिल्ला अध्यक्ष रतन टण्डनले जानकारी गराउनुभयो ।
संघका अध्यक्ष रतनकुमार टण्डनको सभापतित्वमा भएको साधारणसभामा संघका सचिव शान्ति श्रेष्ठले संघको वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष कन्हैयालाल टण्डनले चालु आर्थिक वर्ष २०७०/०७१ को वार्षिक प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।
प्रस्तुत आर्थिक प्रतिवेदनअनुसार, चालु आर्थिक वर्षमा संघको अनुमानित आय पाँच करोड ६६ लाख ५१ हनार तथा खर्च पाँच करोड ५४ लाख ९४ हजार रहेको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.