पोखरामा लागू औषधसहित दुर्इ पक्राउ

सुदर्शन रञ्जित 
६ पुस, पोखरा । प्रहरीले पोखरामा ठूलोमात्रामा लागू औषध बरामद गर्न सफल भएको छ । ठूलो परिमाणको लागू औषधसहित २ जनालाई शनिबार उनीहरूकै डेरबाट प्रहरीले पक्राउ गरेको हो ।
पोखरा उप महानगपालिका वडा नं. ९ नयाँबजारमा बरामदबाट प्रहरीले लागू औषध बरामद गरेको हो । लागू औषध कारोबारमा संलग्न ३० वर्षीया संजिता गुरुङ र २० वर्षीया लाला चौहानलाई लागू औषध नियन्त्रण ब्यूरो पाखराको टोलीले गिरफ्तार गरेको प्रहरी निरीक्षक मदन कुवँरले बताउनुभयो । लाला चौहान भैरहवाका स्थायी बासिन्दा हुन्।
पोखरा नयाँबजार बस्ने संजिता गुरुङको डेराबाट ब्युरोले नर्फिन इन्जेक्सन एक सय ९२ थान, डाइजापाम एक सय ९२ थान र फेनरागन एक सय ९२ थान, मोबाइल चार थान र नगद करिब पाँच हजार बरामद गरेको छ।
प्रहरीले पक्राउ सञ्जिता गुरुङको डेराबाट नफिन एक सय ९२ थान, डाईजापाम एक सय ९२ थान, फनरागन एक सय ९२ थान बरामद गरेको हो । बरामद लागू पदार्थ सिद्दार्थ नपा-१३ भैरहवा घर भई संजिताकै डेरामा बस्ने लाला चौहानले भारतमा किनेर सुनौली नाका हुँदै नेपाल भित्र्याएको प्रनि कुवँरले बताउनुभयो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.