कुवेतले ३५ हजार नेपालीलाई रोजगार दिने, रोजगारदाताले एजेन्ट राख्न नपाउने

कुवेती रोजगारदातासँग नेपालको निजी क्षेत्रका मेनपावर व्यवसायीसँग थप रोजगार कोटामा मौखिक सहमति भए पनि प्रक्रियागत काम त्यहाँको सरकारबाट गर्न केही समय लाग्ने भएपछि थप कोटा प्राप्त हुन अझै दुई महिना लाग्ने भएको हो ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका उपाध्यक्ष टंक राउतले कुवेतको थप कोटा पाउन केही समय लम्बिएको बताए । कुवेतले पहिलो वर्ष थप ३५ हजार नेपाली कामदार लिने भएको छ । हाल कुवेतमा नेपालबाट वाषिर्क १५ हजार कामदार जाने गरिरहेका छन् । कुवेतले थप गरिएका कामदारमा त्यहाँको रोजगारदाताले एजेन्ट राख्न नपाउने कडा प्रावधान राख्ने भएको छ । त्यस्तो प्रावधानबाट फि्र भिसा को कोटा बढी आउने सम्भावना हुन्छ ।
संघका पूर्वउपाध्यक्ष तीर्थ गुरुङले अदक्ष कामदारलाई फि्र भिसा र अर्ध दक्षलाई बढी आम्दानी हुने क्षेत्रमा पठाउन सरकार र व्यवसायीबीच समन्वय हुन नसकिरहेको बताएको नयाँ पत्रिकामा खबर छ
0 comments
Write Down Your Responses