सरकार छोड्न आतुर छु : रेग्मी
विराटनगरमा निर्माण गरिएको वाल सुधार गृहको आइतवार उदघाटन गर्दै रेग्मीले लोकतन्त्रलाई मजवुद गराउने चुनाव एक प्रकृया भएकाले मुलकले दिएको कार्यभार आफुले पुरा गरेको भन्दै अव मुलुकलाई अगाडी वढाउने काम जनप्रतिनिधि सरकारको रहेको वताउनुभयो । उहाँले जनताको भावनाको कदर गर्दै जनप्रतिनिधि सरकारले चाँडै लोकतान्त्रिक संविधान निर्माणको प्रक्रियालाई अगाडि बढाउने विश्वास समेत व्यक्त गर्नु भयो ।
रेग्मीले जनताको मतको सम्मान गर्दै मुलुकलाई समृद्धको वाटोमा लैजान दलहरु सक्रिय हुनु पर्ने वताउनुभयो । रेग्मीले जनताको भावनालाई अंगिकार गर्न नसके कुनै पनि राजनीतिक व्यवस्था सफल हुन नसक्ने दावी गर्नुभयो ।
0 comments
Write Down Your Responses