मकवानपुरमा अल्पाईन बैंकको १० लाख लुटियो

हेटौंडा, ७ पुस । मकवानपुरको फुर्केचौरमा आज अल्पाईन विकास बैकको १० लाख रुपैयां लुटिएको छ ।
हेटौडास्थित मुख्य कार्यलयबाट हात्तिसुडे शाखा कार्यलयमा लैजाने क्रममा रकम लुटिएको हो ।
मोटरसाइकलमा आएका दुई जना अज्ञात व्यक्तिहरुले हतियार देखाइ रकम लुटेर फरार भएको बताइएको छ 
फरार अभियुक्तहरुको तीब्र खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.