महिलाको सहकारीको सम्पत्ति दुई करोडभन्दा बढी

संस्थाको शनिबार सम्पन्न २२ औं साधारणसभामा संस्थाकी अध्यक्ष मन न्यौपानेले संस्थामा आबद्ध एक हजार ४६ जना महिला सदस्यबाट दुई करोड १३ लाख एक हजार ८ सय ८२ रूपैयाँ सम्पत्ति आर्जन गरेको प्रतिवेदन पेस गर्नुभयो ।
वि.सं. २०४८ मा नारी विकास सङ्घको पहलमा २५ जना सेयर सदस्यबाट २५ रूपैयाँले सुरु गरिएको संस्थाको पुँजी दुई दशकपछि यति धेरैले वृद्धि भएको हो । पाँच हजारदेखि तीन लाख रूपैयाँसम्म सामूहिक धितोको आधारमा संस्थामा आबद्ध सदस्यलाई ऋण लगानी गर्दै आएको छ । साधारण सदस्य २ सय २४, लघुवित्त सदस्य ६ सय २३ र दैनिक बचत सदस्य १ सय ९९ जना सदस्यमार्फत संस्थाले व्यावसायिक कृषिमा एक करोड ८७ लाख ३३ हजार ५ सय ७४ रूपैयाँ ऋण लगानी गरेको छ संस्थाले छ जनालाई एक हजार ५ सयका दरले राहत रकम, नौ जनालाई एक हजारका दरले सुत्केरी पोषण खर्च प्रदान गरेको छ । २०६९ सालको प्रवेशिका परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउने संस्थाका सेयर सदस्यका छोराछोरीमध्ये दुई जनालाई पुरस्कृतसमेत गरेको छ । रासस
0 comments
Write Down Your Responses